Websoft University

दुर्व्यसनी बिरुद्घ के वाई सी

(फाएल फोटो)
रबिन्द्र बराल रंगेली,माेरङ भदै २६ गते । रातो तारा डट कम,
माेरङकाे पथरीशनिश्चरेमा अवस्थीत किरात याक्थुङ चुम्लुङले लागू अाैषध दुव्यशन तथा HIV/AIDS न्यूनीकरण बिषयकमा सराेकारवालाहरुसंग समन्वय संम्बन्धी एक दिने अन्तर कृया कार्यक्रम सम्पन्न गरेकाे छ ।

सानै उमेरमा लागू अाैषध तथा दुरव्यसनमा नफसुन भन्ने उदेश्यले याे कार्यक्रम गरिएकाे किरात याक्थुम चुम्लुङका अध्यक्ष बिजय लिम्बुले जानकारी दिनुभयाे । कार्यक्रममा लागु अाैषध प्रयाेग बाट हुने असरकाे बारेमा जानकारी दिएकाे थियाे, भने पुर्न जीवन केन्द्रले त्यस्ता दुर्व्यसनिमा भएका युवा युवतीका लागि यस क्षेत्रमा काम गर्दै अाएकाे छ ।

बिश्वमा फैलिएकाे दुर्व्यसन कसरि न्यूनिकरण गर्ने भन्ने बिषयमा सबैले अा-अाफ्नाे क्षेत्रबाट सहयाेग गरे यसकाे नियन्त्रण हुने अध्यक्ष लिम्बुले बताउनु भयाे ।

किरात याक्थुम चुम्लुङले अहिले लागू अाैषध प्रयाेग कर्ता जटिल अवस्थामा रहेकाेले समाजले जाेखिम अवस्था भाेगनु परेकाेले लागू अाैषध प्रयाेग गर्नु हुदैन भन्ने उदेश्यका साथ देशै भर यस्ता कार्यक्रम संचालन गर्दै अाएकाे के वाई सि पथरीशनिश्चरे शाखाकी ईन्चार्ज लगानि राईले बताउनु भयाे।

के वाई सी ले दुर्व्यसनमा फसेकाहरुकाे लागि उद्घार गर्न अाफ्नै सुधार केन्द्र र ठाउँ ठाउमा शाखाहरु खाेलेर सेवा प्रदान गर्दै अाएकाे छ ।

शाखाले दुर्व्यसनमा फसेका र छाेडन नसक्नेहरुका लागि नियूनिकरका लागि सुई बितरण गर्ने, hiv/aids बाट बचन कन्डम बितरण गर्ने गरेकाे छ भने स्कुल, कलेज र समाजमा जनचेतना कार्यक्रम गर्दै अाएकाे छ । के वाई सी ले समाजमा राम्राे काम गर्दै अाएकाे र यस क्षेत्रमा अझ त्रिब्र गतिमा लाग्न नगरपालिकाले गर्नु पर्ने सहयाेग गर्न तयार रहेकाे कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख दिलिप कुमार राईले बताउनु भयाे ।

किरात याक्थुम चुम्लुङ तथा पुर्न जीवन केन्द्र पथरी शाखाकाे अायाेजनामा भएकाे कार्यक्रममा पथरी शनिश्चेका नगर प्रमुख दिलिप कुमार राईकाे प्रमुख अातिथ्य रहनु भएकाे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.