Websoft University

बुथ कब्जा गर्न खोज्नेलाई नै हामी कब्जा गरेर कारबाही गर्छौ : गृहमन्त्री


काठमाडौं, भदौ २६ गते । रातो तारा डट कम,
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । बुथ कब्जा गर्न खोज्नेलाई नै कब्जा गरेर कारबाही गर्ने उनले बताए ।

सर्लाहीको बलरा नगरपालिका ८ गडहियामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘विगतको जस्तो मतपेटिका लुटेर, बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको भए त्यो सपना बिफल हुनेछ । बुथ कब्जा गर्न खोज्नेलाई नै सुरक्षा निकायले कब्जा गर्नेछन् ।’

मन्त्री शर्माले प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह चुनाव भयरहित रुपमा सम्पन्न गर्न सबै सुरक्षा व्यवस्था मिलाइसकेको बताए । निर्वाचनमा निर्धक्क भएर स्वस्थ प्रतिस्पर्धा गर्न उनले सबैलाई आह्वान पनि गरे । निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र धाँधलीरहित बनाउन सबै तयारी पूरा गरिसकेको उनको भनाइ छ । गृहमन्त्री शर्माले भने, ‘शान्ति सुरक्षा व्यवस्थित गरिएको छ । चुनाव शान्तिपूर्ण हुन्छ ।’

आइतबार नै जितपुरसिमरा उपमहानगरपालिका(१६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले चुनावको आचारसंहिता विपरित भोजभतेर गरेको पाइएमा स्थानीय प्रहरी प्रशासनका प्रमुखलाई कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री शर्माले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘रक्सी भट्टी र भोजभतेर खुलेमा स्थानीय प्रशासन कारबाहीको भागिदार हुन्छ ।’

मन्त्री शर्माले आइतबार सर्लाही र बाराका बिभिन्न चुनावी सभालाई सम्बोधन गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.