Websoft University

पत्रकार उपचारकोषलाई रु एक लाख ११ हजार



झापा -भद्रपुर, असार २५ गते । रातो तारा डट कम,झापाको बिर्तामोड निवासी उद्योगपति प्रदीप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि रु एक लाख ११ हजार १११ प्रदान गर्नुभएको छ ।

शनिबार पत्रकार महासङ्घ झापाका कार्यबाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति मित्तल तथा उहाँका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

आफ्नी माता स्व सरमनदेवी मित्तलको स्मृतिमा प्रदीप–रेणु मित्तलले विवाहको २५औँ वसन्तका अवसर पारी उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार सहारा उपचार कोषमा रु एक करोडको रकम जम्मा गर्ने लक्ष्यमा विभिन्न महानुभाव एवम् सङ्घसंस्थाको जारी सहयोगले अहिले सो कोषमा रु २५ लाखभन्दा बढी पुगिसकेको बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.