Websoft University

सूचनाको हक, व्यवहारिक प्रयोगमा वृद्धि गर्नुपर्नेमा जोड


अमृत बास्तोला,तेह्रथुम,साउन १३ गते । रातो तारा डट कम,
तेह्रथुमको म्याङलुङ्गमाआज सूचनाको हक संरक्षण,
संवद्र्धन र प्रचलन कानुन सम्बन्धी एकदिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगलाई वृद्धि गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सूचना शक्तिको श्रोत भएकाले सूचना सन्चय गरेर राख्ने अनि आफु शक्तिशाली बन्ने कारणले सूचनाको हकको कार्यान्वयन हुन नसकिरहेको धारणा राख्नुभयो ।

उहाँले दुर्गमका नागरिकले सूचनाको अधिकार बारे थाहा नै नपाएको बताउनुभयो । सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष भन्दै प्रजिअ खनालले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पु¥याइनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष मेहन्द्रप्रसाद कालेले जिल्लाका सरकारी कार्यालयमा सूचना अधिकारी छ भन्ने नै नागरिकलाई थाहा नहुने गरेको बताउनुभयो ।

उहाँले सूचना अधिकारीको तस्विरसहितको विवरण सार्वजनिक स्थलमा राख्नुपर्ने व्यवस्था भएपनि जिल्लामा त्यसको अभ्यास हुन नसकेको बताउनुभयो । कार्यक्रममा सहभागीले सूचनाको हकका सम्बन्धमा सूचनाको हकको कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै सन्चार क्षेत्र र राज्यले यसको कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति मार्फत राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा पत्रकार महासंघ तेह्रथुम शाखाले आयोजना गरेको हो । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरु, सूचना अधिकारकर्मीहरु र सन्चारकर्मीहरु सहभागी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयप्रकाश बस्नेतले सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलनका सम्बन्धमा सहजीकरण गर्नुभयो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी खनालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.