Websoft University

उपराष्ट्र पति पुन चीनको यात्रामा



काठमाडौ असार २५ गते । रातो तारा डट कम,चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन सान्सी प्रान्तको यान्नानको भ्रमणमा हुनुहुन्छ ।

कान्सु प्रान्तको लान्चौमा आयोजित दुईवटा औपचारिक कार्यक्रमलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएका उपराष्ट्रपति पुन शनिबार लान्चौ न्यू एरियाबाट सियान हुँदै यान्नान पुग्नुभएको हो ।

उहाँले हिजो यान्नानमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्रहालय र जनवादी क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय रहेको स्थानको अवलोकन भ्रमण गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सङ्ग्रहालयमा चिनियाँ क्रान्तिको चरणमा माओत्सेतुङले प्रयोग गर्नुभएका सामग्री र चिनियाँ जनवादी क्रान्ति स्मरण गराउने सामग्री राखिएका छन् ।

माओत्सेतुङले यान्नानलाई आधार बनाएर चिनियाँ जनवादी क्रान्ति अगाडि बढाउनुभएको थियो । क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय, शीर्ष नेताहरुको निवास भवन, माओत्सेतुङको पत्रपत्रिका पढ्ने स्थानलगायतका अवशेषहरु सुरक्षित राखिएका छन् ।

उपराष्ट्रपति पुनसँग शनिबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी०का सान्सी प्रान्तका स्थायी समिति सदस्य तथा यान्नान नगरका सेक्रेटरी शु शिनरोङले शिष्टाचार भेट गर्नु
भयो ।

भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा सिपिसीका यान्नान नगर प्रमुख शिनरोङले माओत्सेतुङ हुनानमा जन्मे पनि माओ विचारधारा यान्नानबाट जन्मिएको बताउनुभयो । उहाँले आफूहरु नेपालसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनु
भयो ।

उपराष्ट्रपतिले आइतबार यान्नान प्यागोडा हिल र सियानको भ्रमण गर्नुहुनेछ । उहाँ सोमबार दिउँसो साताव्यापी चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.