Websoft University

यस्ता छन एमाले सशक्त बागि उम्मेदवार

अर्जुन जम्नेली राई-मोरङ,जेठ १६ गते । रातो तारा डट कम-मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने क्रम बढ्दो छ ।

मेयर पदकालागि राधा संग्रौलाले पत्रकार सम्मेलन नै गरेर  उम्मेदवार घोषणा गरेका छन् । संग्रौला र उनका परिवार एमाले कार्यकर्ता हुन । एमालेले भने दिलिपकुमार राईलाई मेयरको उमेद्वार तोकेको छ ।

पार्टीले दिलिपकुमार राईलाई टिकट दिएपछि उमेद्वारका केही आकांक्षीले आफ्नो घरमा राखेको भण्डा—चुनाव चिन्ह सांसद चण्डीप्रसाद राईको घरमा ल्याएर छाडि दिएको बुझिएको छ।

एमालेले मेयरमा ७ र उपमेयरमा ८ जनाको नाम प्रदेश कमिटीमा पठाएका थिए । तिम्मा साप्ताहिक पत्रिका निकाल्दै आएका विजय खम्बूले पनि मेयरको लागि स्वतन्त्र उमेद्वारी घोषणा गरेका छन् ।

वडा नम्बर १ मा धनकुमार तामाङले स्वतन्त्र उम्दवार दिने पक्का भएको छ । एमालेले बाबुराम सुब्बालाई वडा अध्यक्षको टिकट दिने भएपछि धनकुमार तामाङ स्वतन्त्र उठ्ने भएका हुन । तामाङ उद्योग वाणिज्य संघ पथरीको वर्तमान अध्यक्ष हुन् ।

त्यसैगरी २ नम्बर वडामा एमालेले यामप्रसाद गुरागाइलाई अध्यक्षको टिकट दिएपछि रत्नबहादुर बस्नेतले स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन् । बस्नेत २०५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष जितेर काम गरेका व्यक्ति हुन् ।

वडा अध्यक्ष पदका स्वतन्त्र उमेद्वार बस्नेत चौतारी सामुदायिक वन उपभोक्ता समितिमा ९ बर्षसम्म काम गर्दा उपभोक्ताको चित्त बुझाएर बसेको भन्दै आफू जित्नेमा ढुक्क रहेको उनको दावी छ ।

वडा नम्बर ७ मा रत्नबहादुर कार्कीले स्वतन्त्र उमेद्वार दिने पक्का भएको छ । उनी २०५४ सालको निर्वाचनमा एमालेबाट वडा अध्यक्ष पदमा उठेका थिए । ७ मतको अन्तरले पराजित भएका कार्की पहिलो संविधानसभाको निर्वाचनसम्म सक्रिय रुपमा एमालेको राजनीतिक गरेका व्यक्ति हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले कपिलमणी ढकाललाई ७ नम्बर वडा अध्यक्षको टिकट दिने भएपछि कार्कीले स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन ।

आफूले स्वतन्त्र वडा अध्यक्षको उमेद्वारी घोषणा गरेपछि सांसद चण्डीप्रसाद राई, मेयरका उमेद्वार दिलिपकुमार राई लगायत नेताहरु पुगेको कार्कीले बताए । यद्यपि आफू कुनै हालतमा उमेद्वारी दिने जनाए ।

वडामा लामो समयदेखि सामाजिक काम लागिरहेका कार्कीले जनताले आफूलाई जिताउने वचन बद्धता दिएको बताए ।
वडा नम्बर ३ मा भने संघीय लिम्बुवानको काबुलबहादुर मगर (बिकास)ले वडा अध्यक्षको उमेद्वारी दिएका छन् ।

हरियाली सामुदायिक वन उपभोक्ता समितिको निर्वाचित बाहालवाला अध्यक्ष रहेका मगर पनि आफू जित्नेमा निश्चित भएको दावि गर्दै आएका छन् । मेयर र वडा अध्यक्षको स्वतन्त्र उमेद्वारहरुले कांग्रेस, माओवादीलाई थोरै असर गरेपनि प्रमुख चुनौती भने एमालेलाई हुने देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.