Websoft University

सफदरगंज अस्पतालमा अब छिटै डाक्टरहरुको साटो रोबोटले बिरामीको उपचार गरेको देख्न पाइनेछ


काठमाडौ, बैशाख २५ गते । रातो तारा डट कम-चिकित्सा क्षेत्रमा अब यस्तो समय आएको छ जहाँ मानिस विस्थापित भैरहेको छ । भारतको राजधानी नयाँदिल्लीस्थित सफदरगंज अस्पतालमा अब छिटै डाक्टरहरुको साटो रोबोटले बिरामीको उपचार गरेको देख्न पाइनेछ ।

सबै त होइन, कतिपय शल्यक्रिया रोबोटले गर्नेछ । अस्पतालले सर्जरी गर्नका लागि १८ करोड भारुको लागतमा एउटा रोबोट खरीद गर्दैछ ।

यो रोबोट सर्जरीको सुविधा गरीब मानिसहरुले सित्तैमा प्राप्त गर्नेछन् । तर प्राइभेट वार्ड लिएर उपचार गराउने मानिसले चाहीँ शुल्क तिर्नुपर्नेछ ।

अस्पतालका डाक्टरहरुका अनुसार खरीदको प्रक्रिया पूरा भैसकेको छ र अबको २.३ महिनामा रोबोटबाट शल्यक्रिया सेवा सुरु हुनेछ ।

यो रोबोटले मृगौला प्रत्यारोपण लगायतका विभिन्न शल्यक्रिया गर्नेछ । निजी अस्पतालहरुमा मृगौला प्रत्यारोपण तथा प्रोस्टेट क्यान्सरको उपचारमा ४.५ लाख भारु लाग्नेमा यो रोबोटबाट गरिने उपचारबाट खर्च निकै घट्ने बताइएको छ ।
एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.