Websoft University

सडक कालोपत्रे अन्योलमा


विराटनगर, जेठ १४ गते । रातो तारा डट कम-सुनसरीको इटहरी उपमहानगरपालिका ४ बुढीगंगामार्गका उपभोक्ताले आज डिभिजन सडक कार्यालय विराटनगर घेराउ गरेका छन्।

एक वर्ष सम्म सडक कालोपत्रे हुन नसकेको भन्दै उनीहरुले कार्यालयमा तत्काल कालोपत्रेको काम अघि बढाउन माग राखेर दबाव समेत दिए ।

१६ फिट चौडाई भएको दुई सय २५ मिटर लामो सडक कालोपत्रे गर्न डिभिजन सडक कार्यालय विराटनगरले पहिलो पटक २०७३ साल पुस र दोस्रो पटक २०७४ बैशाख अन्तिममा टेण्डर आब्हान गरेको थियो ।

तर दुई पटक नै टेण्डर रद्ध गर्नु परेको छ । ठेक्का नपरेका कारण टेण्डर रद्ध गर्नु परेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताउनु भयो । सडक कालोपत्रे गर्नका लागि २०७३ जेठ १५ गते १२ लाख रुपैयाँ बजेट पास भएर रातो कितावमा समेत उल्लेख गरिएको थियो ।

इटहरी उपमहानगरपालिका ४ बुढीगंगामार्ग उपभोक्ता समितिका सचिव ठाकुर खात्रीका अनुसार छोटो प्रक्रियाबाट भए पनि तत्काल सडक कालोपत्रे हुनु पर्ने माग सम्बन्धीत निकायसंग गरिएको बताउनु भयो । सडक कालोपत्रे गर्ने कुरामा ढिलाई भएमा बजेट नै फ्रिज हुने खतरा रहेको खत्रीको भनाइ छ ।

विकास निर्माणको सन्दर्भमा अन्तिम समयमा आएर काम थाल्न खोज्ने सम्बन्धीत निकायको कमजोरीको सिकार सर्वसाधारण बन्नु परेको उहाँको गुनासो छ ।

बजेट फ्रिज हुन नदिने र केही समयमै काम सक्ने गरी सडक कालोपत्रे सुरु नगरिए आन्दोलन गर्ने चेतावनी उपभोक्ताले दिएका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.