
काठमाडौं, बैशाख २४ गते । रातो तारा डट कम-सरकारी स्वामित्वको उद्योग नेपाल औषधि उद्योग लिमिटेडले आजदेखि औषधि उत्पादन थाल्न लागेको छ । आइतबारदेखि जीवनजल उत्पादन गर्न थालिएको नेपाल औषधि उद्योग लिमीटेडका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जानकारी दिएका
छन् ।
गुड म्यानुफ्याक्चरिङ प्रोडक्सन् (जिएमपी) प्रबिधिबाट औषधि उत्पादन गर्नको लागि उद्योगले आवश्यक भोतिक संरचनाको निर्माण गरेको छ ।
श्रेष्ठले भने ‘आजदेखि जीवनजल उत्पादन गर्छाैं, ट्याब्लेट बनाउने मेसिन खरिदका लागि टेण्डर निकालेका छाैं । छिट्टै नै ट्याब्लेट औषधिको पनि उत्पादन थालिने छ ।’
पुनः उत्पादन थाल्नको लागि अर्थमन्त्रालयले केहि महिनाअघि यस उद्योगलाई ६ करोड ४८ लाख रकम उपलब्ध गराएको
छ । यस वर्षका लागि १२ करोड रकम दिनेभनेपनि उत्पादन नथाली बसेको हुँदा अर्थमन्त्रालयले ६ करोड मात्रै रकम दिएको थियो ।
ट्याब्लेट बनाउने मेसिन ल्याएसँगै सिटामोलको उत्पादन थालिने श्रेष्ठले जानकारी दिए । साथैे पहिलो चरणमा सरकारले देशभर निशुल्क रुपमा उपलब्ध गराएकामध्ये ८ प्रकारका औषधि समेत उत्पादन गर्ने तयारी छ । सरकारले ७ वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनमा ल्याएको हो ।
०२९ सालमा स्थापना भएकेा यो उद्योग विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा नभएपछि ०६७ सालदेखि पूर्ण रुपमा बन्द भएको थियो । लामो समयसम्म उद्योग बन्द रहँदा लिमिटेड अहिले ऋणमा छ ।
सरकारको पूर्ण स्वामित्वमा सञ्चालित उद्योग निजी कम्पनीसँग प्रतिस्पर्धामा जान नसकेर ०५८ देखि घाटामा सञ्चालन हुँदै आएको थियो । साथै विगतमा सरकारमा रहेका उद्योगलाई दलहरुले कार्यकर्ता भर्ती केन्द्रको बनाएका थिए । जसका कारण पनि यो उद्योग माथि उठ्न सकेको थिएन ।
लिमिटेडमा यसअघि रहेका उपकरण बेलायत, जर्मनी, जापान जस्ता दातृ राष्ट्रले उपलब्ध गराएका थिए । बन्द हुनुअघिसम्म उद्योगले एक सय ५० प्रकारका औषधी उत्पादन गर्दै आएको थियो । यस उद्योगमा अहिले ९० जनाजति कर्मचारी कार्यरत छन् ।
उत्पादन गुणस्तरीय र लिमिटेडको व्यवस्थापन चुस्त बनाउन सरकारले व्यवस्थापनको जिम्मा भने निजी क्षेत्रलाई दिने तयारी गरेको छ । अनलाइन खबरबाट
Post a Comment