झापा -भद्रपुर, बैशाख, २४ गते । रातो तारा डट कम-
झापाको मेचीनगरस्थित एक कुचो गोदाममा गएराति आगलागि हुदा १५ लाख मुल्य बराबरको क्षति भएको छ ।
मेचीनगरनगरपालिका ९ स्थित रामचन्द्र चौधरीको कुचो गोदाममा राति साढे १० बजे आगो लागेको बताइएको छ । आगलागिका कारण गोदाममा रहेको अम्लिोसो लगायतका सामाग्री जलेर नष्ट हुदा १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगो भद्रपुर, बिर्तामोड र मेचीनगरका दम्कलको सहयोगमा दुई घण्टापछि राति साढे १२ बजेतिर नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । आगलागिको कारण भने खुल्न सकेको छैन ।
Post a Comment