काठमाडौं, फागुन २६ गते । रातो तारा डट क-
विदेशबाट आएका झोलाहरु एक्स रे मेसिनभित्र हालेर जाँच गर्ने कर्मचारी नै सुन तस्करसँग फेसबुकमा च्याट खेलेर बस्छन् भन्ने सुन्दा हाम्रो देशमा भ्रष्टाचारको जालो कतिसम्म फैलिएको छ भन्ने स्पष्ट हुन्छ ।
३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर हाल प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका एक्सरे मेसिन टेक्निसियन राजकुमार ढकालले सुन तस्करसँग गरेको फेसबुक च्याटिङ प्रहरीले फेला पारेको छ । यो घटनाले तस्करीमा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको तथ्य उजागर भएको छ ।
तस्करलाई ‘सर’ को सम्बोधन १
दुबईबाट सुनको लगेज आउनुभन्दा दुई दिनअघि नै रमेश थापा नाम गरेको व्यक्तिलाई फेसबुक म्यासेन्जरमा एउटा म्यासेज पठाए( के हुँदै छ सर रु
उताबाट जवाफ आयो( अब भोलिलाई गर्ने हो सर ।
सामान चेक गर्ने ठाउँमा बसेका कर्मचारी ढकालले फेरि सोधे( कर्न्फम हो रु
सुनवाला थापाले भने( कर्न्फम हो सर ।
कर्मचारी ढकालले सुन कारोबारीलाई जवाफ दिए( ‘ओके’
यसरी फेसबुकमा च्याटिङ गरिएको भोलिपल्ट दिउँसो दुई बजेर ५२ मिनेटमा ढकालको म्यासेन्जरमा सुरुमा प्लाष्टिकले छोपिएको एउटा लगेजको फोटो आयो ।
लगत्तै किचनमा खिचेको कालो क्याप र कालो ज्याकेट लगाएका व्यक्तिको पनि फोटो कर्मचारीको फेसबुक म्यासेन्जरमा झर्यो ।
ढकाललाई तेस्रो फोटो आयो । त्यो पनि प्लाष्टिकले कभर गरिएको लगेज नै थियो । त्यही लगेजसँगै फ्लाइट नम्बर नढ छघठ र सेतो पाइन्टमा खैरो ज्याकेट लगाएका व्यक्तिको फोटो पनि आयो ।
रमेश थापाले उताबाट फेरि सोधे( ठीक छ नि होइन सर रु
विमानस्थल कर्मचारी ढकालले जवाफ दिए( ठीक छ ।
कुराकानीमा लगातार चलिरहेकै थियो ।
थापाले यसपटक ‘दुई जना छ’ भन्ने जानकारी पनि ढकाललाई गराए ।
भनेको दिन मान्छे आयो, लगेज आएन
तस्करका एजेन्टले भनेको दिन ढकाल अबेरसम्म सुन आउने लगेज र मान्छे कुरेर एक्सरे मेसिनमै बसिरहे । त्यो दिन फोटो पठाइएका मान्छे मात्रै देखिए, लगेज आएन ।
त्यही कुरा ढकालले थापालाई म्यासेजबाटै जानकारी गराए । ढकालले भोलि आउन सक्ने भने पछि थापाले केहीबेर प्रतिक्षा गर्न आग्रह गरे । ढकाल केही झोक्किएजस्तो देखिए ।
उनले भने(‘मैले तपाईलाई भनेको होइन रु अहिले समस्या छ भनेर रु’
अब भोलि ९ बजे आउँछ होला ।
थापाले सोधे( ‘त्यो फ्लाइटको सामान सबै आउट भैसकेको हो र रु अनि तपाईको ड्युटी अफ भयो र रु’
ढकालले हुँदै छ भन्ने जवाफ दिएपछि त्यो दिनको तस्करका एजेन्ट र विमानस्थल कर्मचारी ढकालवीचको च्याट सकियो ।
बिहीबार फेरि च्याटिङ
भोलिपल्ट बिहान १० बजेर १९ मिनेटमा थापाले फेरि च्याटमा सामान बारे सोधे । तर, ९ बजे पनि सामान आएन । ढकालले १ बजे आउने सक्ने च्याटमै जानकारी गराए ।
९ बजे आएको फ्लाइटको सामान अझै केही बाँकी भएको भन्दै ढकालले निकै चासोका साथ हेरिरहेको कुराकानीमा जानकारी गराए ।
च्याटमा लगातार भैरहेको कुराकानी अनुसार कर्मचारी थापा निकै तनावमा देखिन्थे । सामान लिन एयरपोर्ट पुगेका थापाका मान्छेहरु ढकालकै सुझाव अनुसार केहीबेर त्यहीँ बसे ।
साढे १२ बजे बाट थापाले निकै तानवमा भएर सोधे( सामान आउन थाल्यो सर रु
सामान आउन थालेको जानकारी गराए पनि उनीहरुले कुरिरहेको सामान आउन केहीबेर ढीला भयो ।
निकै तनावमा परेका थापाले सेकेण्ड सकेण्डमा ढकालसँग अपडेट लिइरहेका थिए । उनले ठीक १ बजे एउटा लगेज आएको जानकारी दिए । त्यो त्यही लगेज थियो, जसको फोटो हेरेर ढकालले पक्का गरेका थिए ।
तर, दोस्रो त अझै आइपुगेन । १६ मिनेट पछि जब दोस्रो लगेज देखियो, त्यसपछि ढकालले सबै सामान आएको जानकारी थापालाई गराए ।
एक्सरे मेसिनबाट दुबै लगेज सजिलै बाहिरिए । सीसी क्यामेरा फुटेजमा ढकालले दुबै लगेज एक्सरे मेसिनमै नराखी निकालेर दिएको छन् ।
ढकालले दुबै सामान सकुशल बाहिर आएपछि आफूलाई जानकारी दिन भनेका छन् । थापाले सामान पाएको जानकारी गराएपछि मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थलको एक्सरे मेसिनमा बसेका कर्मचारी ढकालले सुन तस्करको जिम्मेवारी पूरा गरेपछि तस्करलाई भने ‘लास्टै तनाव भयो है रु ‘
त्यो खुशी यसरी तुहियो
सीआइबीको सूचनामा सुन बोकेर एकजना मात्रै आउँदै थियो, त्यो सूचनाका पात्र थिए गोपालबहादुर शाही ।
त्यही सूचनाका आधारमा पासो थापेर बसेको सीआइबीको टोलीले सुनसहित शाहीलाई नियन्त्रणमा लियो ।
दिलबहादुर थापा तिनै व्यक्ति थिए, जो रमेश थापा भनेर एक्सरे मेसिन टेक्निसियनसँग नियमित फेसबुक च्याटमा थिए ।
सीआइबीका प्रमुख डीआइजी नवराज सिलवालका अनुसार अघिल्लो दिन सुन बोकेर आउने दुईजना मध्ये शाहीसँगै आएका भोलाबहादुर थापा मगर पनि त्यहाँ थिए । तर, मगर भने सामान दिलबहादुरलाई जिम्मा लगाएर फुत्किसकेका थिए ।
रमेश थापा बनेर कर्मचारी राजकुमार ढकालसँग नियमित सम्पर्कमा बसेका दिलबहादुर थापा दुबईबाट सुन पठाउने तस्करको नेपालका मुख्य एजेन्ट हुन् । उनैले एरपोर्टबाट सामान रिसिभ गरेर न्युरोडका सुन व्यापारीसम्म पठाउने जिम्मेवारी लिएको प्रहरीको भनाइ छ ।
फेसबुक म्यासेन्जरमा भएको कुराकानीलाई आधार मान्ने हो भने ढकाल र थापावीच यस्तै कुराकानी विगत एक वर्षदेखि चलिरहेको देखिन्छ, त्यो पनि दैनिकजसो ।
विमानस्थलमा ३३ किलो सुन बोकेर आउने गोपालबहादुर शाहीको फोटो यसअघि थुपै्र पटक ढकालको फेसबुकमा आएको देखिएको छ । कुराकानी पनि बाक्लै देखिन्छ ।
शाहीबाहेक त्यस्ता थुपै्रजना दुबईबाट सुन बोकेर आउने भरिया र लगेजका फोटो कैयौं पटक आएको ढकालको फेसबुक म्यासेञ्जरमा देखिएको सीआईबी प्रमुख सिलवाल बताउँछन् ।
त्यसरी साथ दिएवापत दुईदेखि तीन लाखसम्म विमानस्थलका कर्मचारीले बुझ्ने गरेको पनि सीआइबीको अनुसन्धानबाट देखिएको छ ।
दुबईबाट आएको सुन एयरपोर्टका कर्मचारीले कसरी सजिलै पास गराउँथे भन्ने धेरैको चासोको विषय हुन सक्छ । अझ दुबईबाट को मान्छे, कुन लगेजमा सुन बोकेर आउँदैछ भन्ने सूचना एयरपोर्टका कर्मचारीले कसरी लिन्थे रु यो अहिलेसम्म बाहिर आएको थिएन ।
यही क्रममा ३३ किलो सुन काण्डको अनुसन्धान गरेको सीआइबीले एयरपोर्ट कर्मचारी र सुन तस्करका एजेण्टवीच हुने गरेको च्याट फेला पारेको हो ।
Post a Comment