Websoft University

हातीपाईले रोगको औषधि अनिवार्य सबैले खानु र अरुलाई पनि खुवाउनु पर्छ



बिराटनगर,फागुन २८ गते । रातो तारा डट कम, जिल्ला जनस्वास्थ्य कार्यालय मारेङले आज एक कार्याक्रम गरेर हातीपाईले रोग र त्यसबाट पुग्ने नोक्सानीका बारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

जनस्वास्थ्य कार्यालय मोरङका तोया नाथ घिमिरेले अन्तर कृयाकार्याक्रमा दिएको जानकारी अनुसार हातीपाईले रोग एक प्रकारको पोथी लामखुटेले टोकेपछि चक्रबृतिरुपबाट सरी रहने प्रकारको रोग हो ।

यो रोग लागे पछि मानिसमा एक प्रकारको सानो रेसा वा धागो  जस्तो प्रकारको परजिवी जुकाको सरीरभित्र प्रकोप बढन गई अल्छी पन असक्त जस्ता धेरै प्रकारका रोगका लक्षणहरु मानिसमा देखा पर्ने गरेको पाईन्छ ।

जिल्ला जनस्वास्थ्या कार्यालय मोरङका कार्यालय प्रमुख चन्द्र देव मेहताले अन्तरकृयामा बोल्दै, क्युलेक्स जातको लामखुटेले टोकेपछि सर्ने यो रोग बिषेस गरी उचेरिया वाक्राफट,ब्रुजिया मालाजी,ब्रुजिया टिमोर,गरी यि चार प्रकार बाट मानव सरीरमा देखिने हातीपाईले वा फाईलेरिया रोगका बारेमा जानकारी गराउनु भएको थियो ।

फाईलेरिया रोग लागे पछि पुरुषहरुमा अण्ड कोष सुनिने हातगोडा सुनिने र फुटने,घाउ हुने, पिसाव सेतो हुने सरीरमा गाठा देखिने महिलामा स्तन सुनिने बढने जस्ता प्रकारका लक्षण देखिने भएकाले रोगको औषधि अनिवार्य रुपमै खान जरुरी भएको चन्द्र देव मेहताले जानकारी गराउनु भयो ।

यो बर्ष देश स्थानिय संमरचनामा गइसकेकाले ९ लाख ३२ हजार ५ सय ६ जना जनसंख्य, गाबिस ५० नगरपालिका ७ उपमहानगर पालिका १ मा रहेकोपाईन्छ । यो क्षेत्रको उल्लेखित जनसख्यालाई जिल्ला जनस्वास्थ्यकार्यालयले हातीपाईलेको औषधि खुवाउन चैत्र ५,६,७ गते ५१३३ जना स्वयम सेवकहरु खटाउने भएकोछ ।

हाल यो क्षेत्रमा ६३१ हाईट्रो सिल र ३४७ खुटा सुनिने पुरुष रोगीहरुमात्र जम्मा ९ ७८ जना फेला परेको जनकारी गराइएको थियो ।

डा रामकुमार यादवका अनुसार क्युलेक्स जातिको पोथी लामखुटेले टोके पछि सर्ने यो रोग लामखुट र मानिस सरीरहने प्रकारको रोग हो।

यो रोग बिषेस गरी राती १० बजे पछि सकृय हुने भएकाले यसको जाच पनि पहिला राती मात्र गरिन्थ्यो तर आज भोलि आधुनिक मेसिनबाट दिउसो पनि गर्न सकिन्छ भन्नु भयो ।
बिश्वका धेरै ठाउँका धेरै मानिसमा यो रोग देखा परे पनि २०२० सम्ममा रोग उलमुलन गर्ने लक्ष्य भएकाले यसको समाधान हुँदै आएको पाईन्छ ।

डा यादवले दिएको जानकारी अनुसार रोग प्रबेश भए पछि मानिसमा काम ज्वरो आउने जस्ता अनेक प्रकारका लक्षण हुन्छन । यदि बेलैमा रोगको पैचान भए रोग रोगथाम गर्न सकिन्छ भन्नु भयो ।

हातीपाईले रोगको औषधि सेवन गर्दा भोको पेटमा खानु हुदैन र सबैले यो औषधि सेवन गर्नु पर्छ गर्न अनुरोध समेत कार्याक्रममा भन्नु भयो ।

डा राजकुमार यादवले दिएको जानकारी अनुसार गत बर्ष ५सय बाईस स्वयम सेवक खटाएर मोरग जिल्लाको जनसंख्यको ७७ प्रतिसलाई हातीपाईले रोगको औषधि खुवाईएको जानकारी गराउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.