Websoft University

पुनर्संरचना आयोगको प्रतिवेदन नआएसम्म चुनाव गर्न सकिदैन : निर्वाचन आयुक्त यादव




काठमाडौं, माघ २१ गते । रातो तारा डट कम -
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावको
मिति र पुनर्संरचना आयोगको प्रतिवेदन नपाएसम्म ठोस रुपमा चुनावको तयारी गर्न नसकिने बताउनुभएको छ ।

 रिपोटर्स क्लब नेपालले गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन नसकिने बताउनुभएको
हो ।

सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले चुनाव हुनेमा आशा जगाए पनि त्यतिले पर्याप्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले पठाएको पत्रले टुकी बाल्ने काम भएको छ । तर उज्यालो दिने गरी बल्न पाएको छैन ।’

आयोग जेठ भरमा चुनाव गराउन प्रतिबद्ध रहेको भन्दै प्रमुख आयुक्त यादवले चुनाव सम्बन्धी बाँकी काम तत्काल गर्न दलहरु र सरकारलाई आग्रह पनि गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.