Websoft University

नगरमा धमा धम निमार्णको काम हुँदै




मोरग माघ २२ गते । रातो तारा डट कम,बिराटनगर उपमहानगरपालिकाले नगरका बिभिन्न ठाउँहरुमा धमा धम कामलाई अगि बढाई रहेकोछ । मइाौला शहरको एकिकृत वातारण सुधार परियोजना (STIUEIP) का ठेकेदार, भुसुम
बिक्रम पाण्डेको कम्पनी कालिका कन्ट्रक्सन संग मिलेर नगरका बिभिन्न ठाउँहरुमा बिकास निर्माणका कामहरुलाई तिब्रताका साथ अगि हाल बढाईएको पाईन्छ ।

बिराटनगर उपमहानगरपालिका का कार्यकारी अधिकृत
तथा नगर प्रमुख दिपक कोइरालाले रातो तारा डट कमका सम्पादक तथा स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारी संग कुरा
गर्दै दिएको जानकारी अनुसार यो नगरमा आँफुआए देखिनै नगरको बिकास र सार्वजनिक महत्त्वका सडक बती लगाएत सबै खाले निमार्ण कार्यलाई बढी जोड दिदै आएको छु भन्नु भयो ।

नगरको एक मात्र धरोहर सभागृह मर्मत,एरपोट धरान रोड नमुना सडक,रानी सडकलाई करिव ४४ करोडको टेण्डर प्रकृयामा लगिएको, ए र बी पल्टको कागजि काम मिलाउन तदारुक्ता दिएको जस्ता कुरा बताउनु भयो ।

अब छिटै सुविधा सम्पन्न तारणी कोईराला सन्चार ग्राम भवन
को काम थालिने भएको छ, भने इको फाउण्डेशन पार्कको काम सकेर उदघाटनको चरणमा पुगेको र बिराटनगरको खेलकुद मैदान निर्माणका लागि उपभोक्ता र नगरपालिकाले
रु ६० लाख खर्च गरेर काम सम्पन्न गरिसकेको छ ।

कुरा गर्दै नगर प्रमुख दिपक कोईरालाले भन्नु भयो-खेल मैदानको रेलिगको लागि नपुग बजेट थप निकासा गरै भए पनि काम छिटो सम्पन्न गर्ने बताउनु भयो ।

हाल बिराटनगरको जुनसुकै भागहरुका बाटाको समरचना भत्काईएको छ, यसबेला नगर क्षेत्रको यातायतमा धेरै कठिनाई भएकाले नगरवासिहरुको गुनासो धेरै बढेको पाईन्छ, यसमा तपाइ के भनेर नगरवासिहरुलाई सम्बोधन गर्न चहा हुँन्छ, भन्दा वहा भन्नु हुन्छ-आम नगर वासिहरुको गुनासाहरुलाई छिटो सम्बोधन होस भनेर मैले कामलाई तिब्रता दिएको हो
सबैले बुझन जरुरीछ, यस्तो कुरामा नगरवासिले सहयोग गर्नुु
पर्छ भन्नुभयो ।

अहिले ८ करोड ४७ लाखमा बिराटनगरको बस पार्क तिब्र गतिमा निमार्ण भइरहेको कुराको जानकारी गराउँदै  भन्नु हँन्छ- जतुवा, भट्टा टोल र वडा नं ११, १४, लगाएत दसौ ठाउँहरुमा धमा धम निमार्णको काम भईरहेको छ ।

नगर प्रमुख भन्नु हुन्छ- हामिले ६५ किलो मिटर सडक कालो पत्रे छिटो गर्नुछ र नालाको काम सकेर परिषद बाट सुकृत सम्जोैताका कामहरु प्राथमिकताका आधारमा छिटो छिटो गरिनेछ भन्दै सिप्रदि संग नगरपालिकाले गरेको सम्जौता अनुसार डबल र सिंंगल टक्शनमा सोलार सौरे सडक बतीको काम १५ दिन भित्र थाल्नेर फागुन चैत्र सम्ममा सक्ने लक्ष्य राखेकाछौ भन्नु भयो।

त्यसैगरी नगरलाई सफाई राख्ने उदेश्यले नगरपालिकाकै सकृयतामा हरेक सनिवार बिहान ७ वजे रोटेशनको आधारमा बिभिन्न ठाउँहरुमा सरसफाई अभियान चलाउदैआएको समेत जानकारी गराउनु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.