विराटनगर माघ २३ गते । रातो तारा डट कम-
नेपाल आयल निगमले २०७३ माघ १९ गते बाट गरेको खाना पकाउने एल पी ग्यासको मूल्यमा गरेको वृद्धिको विरोधमा आज एल पी ग्यास विक्रेता संध मोरडले मोरडका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला माफर्त प्रधानन्त्रि पुष्पकमल दाहाल लाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा सर्वसाधारण राहत दिनुपर्ने दैनिक उपभोग्य ग्यासमा उल्टै घाटाको नाममा आगात पुग्ने गरि विभिन्न कार्य गरेको जनताको हित विपरितका गतिविधि गरेको आरोप लगाएका छन ।
संघका मोरड संचिव सरल राज पोखरेलका अनुसार व्यापार घाटाको बहानमा श्रमजिवि गरिव जनताको ढाड सेक्ने गरि मुल्य वृद्धि गरेको मा ज्यादै आफुहरु ममाहित भएको बताउनुभयो ।
आगामी दिनमा सरकारले यथासक्य मुल्य समायोजन गरेर सुविधा जनताको पक्षमा दिनुपर्ने वताउनुभयो । साथै प्रजिअ कोइरालाले पनि यस विषयमा आफनो तर्फ बाट सक्ने जति पहल गर्ने बताउनु भयो ।
Post a Comment