Websoft University

विजयी खेलाडिलाई कान्तिपुरको सम्मान



विराटनगर माघ २३ रोशन पोखरेल, रातो तारा डट कम-
विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडिलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको कलेजले जानकारी दिएको छ । आज  कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गरेको हो ।

साथै सम्मान गर्नु अगाडि कलेजका विद्यार्थी ले विराटनगर को बजारको परिक्रमा समेत गरिएको कलेजका अध्यक्ष जनक अधिकारीले जानकारी दिनुभयो । कलेजले अतिरिक्त क्रियाकलापको साथै पठनपाठनमा समेत उच्च सुधार गरेको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.