बिराटनगर,माघ २३ गते। रातो तारा डट कम -
मोरङको बुधनगर-३ स्थित किचक-पखरी रेल-बे लाईनमा बिधुत बिस्तार गर्ने क्रममा शनिबार करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सुनसरी छिटाहा-९ बस्ने राजनारायण मण्डल र चिमडी-८ बस्ने २१ वर्षिय राजेश सरदार रहेका छन्। करेन्ट लागेर गम्भीर घाइते भएक दुबैको उपचारकाक्रममा शनिबार साँझ ६ बजे कोशी अंचल अस्पतालमा मृत्यु भएको हो।
साँझ ५ बजेतिर प्राधीकरणको रोहवरमा क्रेनमा बसेर बिधुत बिस्तार गर्दै गर्दा अचानक करेन्ट लाग्दा उनीहरुसहित चार जना घाइते भएका थिए। घाइतेहरुमा छिटाहा-९ बस्ने रामु मण्डल र काशी ठाकुर रहेका छन।
घाइतेहरुको कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ। चारै जना स्थानीय ठेकेदार मार्फत दैनिक ज्यालादारीमा सो कामकालागी खटिएका थिए। प्रहरीले क्रेन चालकलाई अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।
Post a Comment