Websoft University

जिल्ला मालपोत कार्यालय विराटनगरले आजदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ


सुशीला-बिराटनगर, माघ २८ गते । २०७३, रातो तारा डट कम,भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अनलाइन सेवाको शुभारम्भ गर्नुभयो । वुधनगर गाउँ विकास समितिका रामदेव मण्डल र रेवतीदेवी मण्डललाई सेवा प्रदान गर्दै आजैबाट अनलाईन सेवाको शुभारम्भ गरिएको हो ।

जिल्ला मालपोत कार्यालयले विराटनगर उपमहानगरपालिका  सहित २८ वटा गाउँ विकास समितिको लागि एकै ठाउबाट सेवा प्रदान गर्दै आएकोमा पहिलो चरणमा ५ वटा गाउँ विकास समितिमा मात्र अनलाइन सेवा प्रदान गरिने जनाएको छ ।

कार्यालयले पहिलो चरणमा बुधनगर, मझारे, सिसवनी वडहरा, नोचा तथा पोखरिया गाउँ विकास समितिका सेवाग्रहीहरुका लागि मात्र अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

बाँकी गाउँ विकास समितिका लागि पनि यसै आर्थिक वर्षदेखि अनलाइन सेवा संचालनमा ल्याउने कार्यालयले जनाएको छ । सेवा संचालनमा आएपछि घरमै बसेर सहजरुपले आफ्नो नाममा रहेको जग्गाको विवरण हेर्न सकिने कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा वोल्दै भुमिसुधार व्यवस्था विभागका महानिर्देशक टिकाराम घिमिरेले अनलाइन सेवाले जग्गा सम्वन्धी किर्ते तथा जालसाची जस्ता समस्या नियन्त्रणमा आउने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.