सर्लाही, माघ २८ गते । रातो तारा डट कम -नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा आज कुटिएका छन् ।
सर्लाहीस्थित निर्वाचन क्षेत्र नम्बर ६ मा निर्वाचित सांसद सिंह डुमरिया भन्ने गाउँमा कुटिएका हुन् । उनलाई संघीय समाजवादी फोरम नेपालका नेता शिवपुजन यादवले कुटेको स्रोतले बतायो ।
शुक्रबार डुमरिया विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव थियो । डुमरिया गाउँमा कांग्रेस (अमरेश) र फोरम नेपाल (शिवपुजन)को दबादबा छ ।
महन्थ ठाकुर पनि यही क्षेत्रका भएपनि उनको पार्टीको अवस्था यहाँ कमजोर छ । विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा अमरेशले नियमविपरित पेलेर जान खोजेपछि शिवपुजनले विरोध गरे ।
नियमअनुसार चल्नुपर्छ भनेर कुरा राखे । तर, अमरेशले ‘आईजी मेरो, डीआईजी मेरो, प्रधानमन्त्री मैले बनाए, सरकार मैले बनाए । म सँग निहुँ खोज्ने’ भन्दै फूर्ति हाने । र, यहाँ मेरो भनेको कसरी हुँदैन भनेर उफ्रिन थाले ।
त्यतिकैमा फोरम नेपालमा शिवपुजन अगाडि बढेर अमरेशमाथि मुक्का हिर्काए । त्यसपछि विद्यालयमा आएका अभिभावक र विद्यार्थीबीच भागाभाग भएको थियो ।
अनलाइन बाट
Post a Comment