काठमाडौं, माघ २३ गते । रातो तारा डट कम -
२० वर्ष पुराना गाडीलाई चल्न नदिने सरकारी निर्णयको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघले बिरोध गरेको छ । सरकारको उक्त निर्णय मजदुरहरुको हितमा नभएको महासंघको भनाइरहे पनि जनता २० वर्षे पुराना गाडी हटाउन
माग गदै आका छन । सरकारको निर्णय जन्ताले ठिक छ
भनेका छन।
सरकारले यही फागुन १७ गतेदेखि २० वर्ष पुराना गाडीहरुलाई चल्न नदिने निर्णय गरिसकेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात महिला चालक समूहकी अध्यक्ष मिना चन्द ठकुरीले मजदुरले गरिखाने बाटोलाई सरकारले बन्देज लगाउन खोजेको भन्दै आपत्ति जनाइन् ।
कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकमा र नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारीले पनि सरकारको निर्णयको विरोध जनाए । उनीहरुले पुराना गाडी विस्थापित गर्ने निर्णयमा नयाँ गाडी खरिद गर्दा कमिशन कुम्ल्याउने कु-नियत लुकेको दाबी गरे ।
Post a Comment