Websoft University

आफ्नै जनश्रमदानबाट सुनसरीको भरौलबासीहरु सडक निर्माण गर्न सफल


सुनसरी, माघ २१ गते । रातो तारा डट कम -
सडकको समस्याका कारण विभिन्न समस्या झेल्दै आएका सुनसरीको भरौलबासीहरुले जनश्रमदानबाट सडक निर्माण गरेका छन् । भरौलबासीले भरौलदेखि धरानसम्म जोड्ने ९ किमी बाटो आफै श्रमबाट बनाएका हुन् ।

सडक सञ्जाल नहुदा बिरामी भएर अस्पताल पुर्याउन, गाउमा उत्पादित कृषि उपजहरु बजारसम्म पुर्याउन उनीहरुलाई निक्कै समस्या थियो । आफ्नै श्रमदानबाट ९ किलोमिटर कच्ची सडक निर्माण गर्न आफुहरु सफल भएको भन्दै स्थानीयहरु खुसी देखिएका छन् ।

आलोपालो गरेर गाविसका २५ जनाले सो बाटो तीन हप्तामा निर्माण गरेको भएपनि अझै समस्या पूर्ण रुपमा नटरेको स्थानीयको भनाई छ । धरान र भरौललाई जोड्ने सर्दु खोलामा पुल नहुदा बर्षातको समयमा अझै पनि धरानसंग सम्पर्क विच्छेद हुने स्थानीय भोजराज घले बताउनुहुन्छ ।

३० मिटर पुलको निर्माण गर्दा करिब १ करोड लाग्ने भएकोले गाउलेले मात्र त्यत्रो रकम संकलन गर्न नसक्ने भएकोले पनि पुल निर्माणका लागि दाताहरुको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनाशो छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.