Websoft University

चिकित्सक आफै गर्भवती लिन सोताङ पुगे



सोलुखुम्बु, माघ २१  गते । रातो तारा डट कम -
सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ ।

 बुङकी निर्मला राईलाई प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइए पनि शल्यक्रिया नै गर्नु परेपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए । लगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका चिकित्सक मिङमाछिरी शेर्पा हेलिकोप्टर लिएर सोताङ पुग्नुभएको थियो ।


बिहीबार बिहान करिब ११ बजे मनाङ एअरको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई शल्यक्रिया गरेर शिशुलाई जन्म दिन सफल भएको चिकित्सक शेर्पाले बताउनुभयो । हेलिकप्टर चार्टर गर्दा लागेको सबै खर्च जिल्ला स्वास्थ्य कार्यालयले बेहोर्ने डा शेर्पाले बताउनुभयो ।

 अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.