Websoft University

बुढासुब्बा गोल्डकप फागुन ५ देखि, मनाङ मर्स्याङ्दी र थ्रीस्टार सहभागी नहुने



सुनसरी माघ २२ : मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको १९ औं संस्करण फागुन ५ गतेदेखि हुने भएको छ।

आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा फागुन १४ गतेसम्म हुनेछ। प्रतियोगिताको यस संस्करणमा नेपाल सहित भारत, भुटान, बंगलादेश, हङकङका समेत गरी १२ टिम सहभागी हुनेछन्।

प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी र आयोजक धरान फुटबल क्लब रातो र नीलो, सहारा क्लब पोखरा, रुपन्देही ११, भूटान राष्ट्रिय टिम, बंगलादेशको धनमुन्डी क्लब, भारतको सिलोङ टिम पनि सहभागी हुने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

 विगतमा ३ वटा संस्करणको विजेता भएको मनाङ मर्स्याङ्दी क्लव दक्षिण एशियाली प्रतियोगितामा भाग लिने जाने भएकाले सहभागी नहुने भएको छ। यसैगरी ४ वटा संस्करण विजेता थ्रीस्टार क्लव पनि यसपटक सहभागी नहुने सम्भावना रहेको राईले जानकारी दिए।

 यस संस्करणमा पुरस्कार राशीमा वृद्धि गरी विजेतालाई ५ लाख रुपैया, उपविजेतालाई २ लाख ५० हजार रुपैया प्रदान गरिनेछ। गत संस्करणमा विजेतालाई ४ र उपविजेतालाई २ लाख प्रदान गरिएको थियो।

 कुल १३ लाख रुपैयाँवाट प्रथम संस्करण शुरु गरिएको प्रतियोगीता १९ औं संस्करणमा आइपुग्दा कुल अनुमानित बजेट ६५ लाख ६७ हजार ५ सय पुगेको छ। व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैया प्रदान गरिनेछ।

 उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र स्ट्राइकरलाई नगद १५/१५ हजार पुरस्कार दिइनेछ। प्रतियोगिता सम्पन्न गर्न विभिन्न ९ उपसमिति गठन गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.