Websoft University

भेटाएको पैसा फिता गर्ने चालक पुरस्किृत



उदयपुर, पुस २३ गते । २०७३,रातो तारा डट कम - गाईघाटमा सञ्चालन हुने एक बसका सहचालकले यात्रुले गाडीभित्रै झारेको एक लाख रुपैयाँ फिर्ता दिएका छन्।

भेट्टाएको रकम फिर्ता गरेवापत उनले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्। उदयपुरको साउने गाविसका होमबहादुर मगरले बसेको सीटमै एकलाख रुपैयाँको बिटो छाडेका थिए। सलले पोको पारेको अवस्थामा भेटिएको सो पैसा बसका सहचालक सुरेश बिकले इमान्दारितापूर्वक हिमाली यातायात व्यवसायी संघमा बुझाएका थिए।

संघका संरक्षक महेन्द्र राईले एक पत्रकार सम्मेलन गरी सो पैसा होमबहादुरकी श्रीमती बालकुमारी मगरलाई बुझाएका थिए। होमबहादुरले सो पैसा गाईघाटस्थित ग्लोबल आइएमई बैंकबाट निकालेर घर लैजाने क्रममा हराएका थिए।

आफू चढेको बसको नम्बरसमेत ख्याल नभएका होमबहादुरले रुँदै कराउँदै रकमको खोजी गर्न थालेपछि बसका कर्मचारीले पैसाको धनी पत्ता लगाएका थिए। छोरो विदेश जाँदा लागेको ऋण तिर्ने पैसा हराएपछि उनीहरु अत्तालिएका थिए।

हराएको पैसा भेटिएपछि बालकुमारीले सहचालक बिकलाई खुशी हुँदै ३ हजार रुपैयाँ इनाम दिइन्। खोटाङ घर भएका बिक दुई वर्षदेखि बसको सहचालक छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.