Websoft University

भोजपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषित




भोजपुर, २३ गते। रातो तारा डट कम-
भोजपुर  जिल्ला लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषिण गरिएको छ   । जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ ले घोषणा गर्नुभएको हो।

भोजपुरमा रहेका दुई नगरपालिका र ५४ गाविसका १२ देखि २३ महिनाभित्रका तीन हजार छ सय ९३बालबालिकाले एक वर्ष्भित्र नै पूर्ण खोप लगाएको हुँदा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्यअनुरुप कार्यक्रम सञ्चालन गरिएको थिायो

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गर्न सहयोग गर्ने पत्रकार, विभिन्न सहयोगी व्याक्ति  र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।भने स्वास्थ्य मन्त्रिले ले जनताहरुको बारेमा सुसुचित भएर सरकारको कार्यक्रममा सहयोग पुयाएको मा धन्यवाद  ज्ञापन गनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.