विराटनगर पुस २३ गते । रातो तारा डट कम-
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी युद्धको अन्तीम तयारीमा जुटेको छ । वर्तमान राजनीतिक प्रक्रियाबाट निकास नआउने निष्कर्ष निकाल्दै विप्लव माओवादीले हतियारवद्ध संघर्ष गर्ने तयारी गरेको हो ।
संविधान घोषणा भएकै दिन प्रहरी चौकीमा आक्रमण गर्दै युद्धको घोषणा गर्ने तयारी भएपनि अन्तीम समयमा केहि तयारी अपुग रहेको भन्दै प्रहरीमाथीको हमला रोकिएको उच्च माओवादी स्रोतको दावी छ ।
५ वर्ष अघि एकीकृत नेकपा माओवादी विभाजन गरर वैद्य नेतृत्वको नेकपा–माओवादी गठन गर्न मुख्य भूमिका खेलेका विप्लवले माओवादी केन्द्रभित्रको मुख्य क्रान्तिकारी हिस्सा समेतलाई प्रभाव मात्रै पारेन, तुलनात्मक रुपमा क्रन्तिकारी भनेर चिनिएका पार्टी नेता तथा कार्यकर्तालाई समेत आफूसंगै लगेका छन । युद्धकालीन अधिकाशं कार्यकर्ता अहिले विप्लव माओवादीसंग छन भने बाकि रहेकाहरु विदेश पलायन भएका छन् ।
एकजना उच्च नेताका अनुसार जिल्लामा सापेक्षिक सफलता सहितका फौजी हमला गर्न पर्याप्त जनशक्ति विप्लव माओवादीसंग छ । केही समय फौजी संघर्षका बारेमा वैद्य माओवादीभित्रै राजनीतिक तथा सैद्धान्तिक बहस चलाएका विप्लवले समग्र पार्टी उनले चाहेजस्तो संघर्षमा जान सक्ने अवस्थामा जान तयार नभएपछि उनले वैद्य माओवादी परित्याग गरेका थिए ।
Post a Comment