Websoft University

हुस्सु र शितलहरका कारण विराटनगरको जनजिवन प्रभावित


विराटनगर पुस २३ गते। रोशन पोखरेल-
विराटनगर लगायतका  तराईका पूर्वी विभिन्न क्षेत्रमा बाक्लो हुस्सु र शितलहरका कारण जनजिवन  प्रभावित भएको छ  । बाक्लो हुस्सुको कारण  धेरै जसो गरिव र विपन्न समुदायका बालबालिका र बृद्धबृदा प्रभावित भएको छ ।

निरन्तर रुपमा  चिसो  बाक्लो हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेपछि अत्याधिक जाडोका कारण उनीहरु प्रभावित भएका हुन । न्यानो कपडाको अभावमा बालबालिकाहरु जाडोको समयमा विदयालय जान नमान्ने गरेको विराटनगर १५ जनपथ टोलकी सिता दाहालको भनाइरहेको छ ।

शितलहरकै  कारण मुख्यगरि मोरडका ग्रामिण क्षेत्रका विपन्न समुदायका बृद्धबृद्धाहरु दिउसो र रातको समयमा धुर तापेर रातकाटने गरेका छन ।

गरिवि विपन्नता र पोषणयुक्त खानाको अभावमा धेरै जसो बालबालिकाहरु म निमोनिया लगायतका रोगको संगम्रण देखिएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टिेड रोशन पोखरेलले बताउनुभयो ।

दिनभरि हुस्सु लाग्ने र घाम नलाग्ने गरेपछि रंगेली, कर्सिया, बबियाविर्ता,छिटाहा, कदमाहा, कटहरी, मझारे, बुधनगर, शिशबनी जहदा,झुर्किया थलाहा, भौडाहा, नयाँबजार लगायत आसपासमा मानिसहरु सडकको चकमा बसेर समुहमा आगो ताप्ने गरेका छा ।

चिसो बडे सगै विराटनगरको बजारमा आम उपभोक्ताको जाडोको कपडा किन्नेको भिड देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.