Websoft University

राजनीतिक कारणले विस्थापित शिक्षकलाई पुनर्वहाली गर्ने तयारी



विराटनगर पुस २३ गते । २०७३ रातो तारा डट कम - सरकारले विभिन्न समयमा भएका आन्दोलन, द्वन्द्व र राजनीतिक कारणले विस्थापित शिक्षकलाई पुनर्वहाली गर्ने तयारी गरेको छ ।

विशेषगरी २०५२ सालपछि विस्थापित भएका शिक्षक पुनर्वहाली गर्ने तयारी गरेको सरकारले जनाएको छ । त्यसको लागि पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँझबुझ समितिले काम सुरु गरेको शिक्षा विभागका प्रवक्ता अनप्रसाद न्यौपानेले रातोतारालाई जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले २०५२ सालपछि राजनीतिक पूर्वाग्रहबाट हटाइएका शिक्षकलाई पूनर्वहाली गर्न बनेको आयोगको प्रतिवेदन अध्ययन गर्नेछ । समितिले तीन महिनामा प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउनेछ ।

सरकारले २०५२ सालपछि राजनीतिक कारणले विस्थापित भएका शिक्षकसँग निवेदन माग्ने र यसअघि परेका निवेदनको छानबिन गर्ने तयारी पनि गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.