Websoft University

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


विराटनगर पुस २३ गते।
मोरङको विराटनगर २० स्थित झमेली चौकमा शुक्रबार बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर २० स्थित राधा कृष्ण मन्दिर नजिकै बस्ने अन्दाजी ४० बर्षिय ललित महतो रहेका छन् ।

महतोलाई हिजो साँझ ६ बजेतिर विराटनगरबाट रानीतर्फ जाँदै गरेको बा २ ख ५०९३ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका महतोलाई कोशी अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएकोे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.