Websoft University

बालमैत्री गाविस बनाउने अभियानमा मोरङको पाटी गाविसको अन्तक्रिर्यात्मक भ्रमण सम्पन्न



युवराज ठकुरी/सिंहदेवी,मोरङ,पुस २५ गते।
रातो तारा डट-कम - मोरङ जिल्लाको पहाडी गाविस पाटीले  बालमैत्री गाविस घोषणा गर्न सहयोग पुगोस भन्ने अभिप्रायले ७दिने अन्तक्रिर्यात्मक भ्रमण सम्पन्न गरेको छ।

बालसन्जाल पाटीको आयोजना र पाटी गाविसको आर्थिक सहयोगमा संचालित भ्रमण पश्चिमका बालमैत्री जिल्लाहरु , ऎतिहासिक महत्व बोकेका ठाउँहरु र पर्यटकीय स्थलको अबलोकन तथा अन्तक्रिर्यात्मक कार्यक्रममा सहभागी हुँदै सम्पन्न गरिएको कुमाल प्राविका प्रअ तथा बालसन्जाल पाटीका सल्लाहकार शुक्र आङ्देम्बे लिम्बूले जानकारी दिनुभयो।

चाडै नै पाटी गाविसलाई बालमैत्री गाविस बनाउने अभियानका साथ गरिएको अन्तक्रिर्यात्मक भ्रमणमा  तौलिहवाको निक्लिहवा गाविस, नेपालकै पहिलो बालमैत्री घोषित सुनौला नगरपालिका ,भरतपुर उपमहानगर पालिका,र हेटौंडा जिल्ला विकास समितिमा बालमैत्री अबधारणा सम्बन्धि अन्तर्कियात्मक गोष्ठीमा सहभागी भएको सल्लाहकार आङ्देम्बेले बताउनु भयो।पाटी गाविस सचिव नरबहादुर कट्वालको संयोजकत्वमा भएको उक्त भ्रमणमा बालसन्जालका सहजकर्ता सहित ३१जना र विद्यालयका प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

भ्रमण टोली अन्तर्कियामा समावेस हुनुका साथै पोखराको ऎतिहासिक सङ्ग्रालय,विभिन्न पर्यटकीय स्थल,गोरखा दरबार,लुम्बिनी,पाल्पा गरि विभिन्न पर्यटकीय र ऎतिहासिक स्थलहरुको अवलोकन गरि फर्किएको छ।
उक्त भ्रमणमा भएका अन्तक्रिर्याले अब चाडै नै पाटी गाविसलाई बालमैत्री गाविस बनाउन सहयोग गरेको र
छिट्टै बालमैत्री गाविस घोषणा गर्ने लक्ष रहेको सल्लाहकार आङ्देम्बेले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.