इनरुवा पुस २५ गते ।
रातो तारा डट कम सम्वादाता-
सुनसरीको हरिनगराको स्थिति तनावपुर्ण बनेको छ। पूर्व प्रधानमंत्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पार्टीको आमसभालाई सम्बोधन गर्न हरिनगरा जाने कार्यक्रम तय भएपछि सो क्षेत्रमा आज विहानैबाट मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरुले प्रर्दशन थालेका छन्।
हम्रा सम्वादाताका अनुसार हरिनगरामा एक बसमा प्रर्दशनकारीले आगजनी गरेको छ भने अर्को एक बसमा तोडफोड गरेका छन्।
त्यसैगरी सुरक्षामा खटिएका सुरक्षाकर्मी द्वारा ५ बोतल पेट्रोल बम बरामद गरिएको छ भने आगजनी गर्न खोज्ने एक जनालाई पक्राउ गरिएको छ । सो क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो।
Post a Comment