बिराटनगर, पुस २४ गते । रातो तारा डट कम -
विराट एक्स्पो २०७३, (कृषि तथा औद्योगिक प्रदर्शनी)का सम्वन्धमा,उद्योग संगठन मोरंगको मूल नारा:आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार,
मिति: ११ – १७ फागुन २०७३
मेला लाग्ने स्थान: शंकरपुर मार्ग, विराटनगर–३
आयोजक: उद्योग संगठन मोरंग
सह–आयोजक,कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपंक्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिति, मोरंग, विराटनगर उपमहानगरपालिका
प्रबद्र्धकः नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड
विराट एक्स्पो २०७३ ( कृषि तथा औद्योगिक प्रदर्शनी ) को उद्देश्य,
कृषि सम्बन्धि परियोजनाहरुलाई एकै थलोमा राखि कृषि
तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायिकरण तथा औद्योगिक उत्पादन, प्रविधि बारे जानकारी, नयाँ प्रविधि र उत्पादन बारे जानकारी, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध बिस्तार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावरणको सिर्जना, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट कृषि तथा औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचान, पर्यटन प्रवद्र्धनमा जोड ।
प्रदर्शनमा हुने सेवा तथा वस्तु -
औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि, जडिबुटि उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ ।
प्रदर्शनीको आकर्षण
रोजगारी मेला,अन्तर्राष्ट्रिय उत्पादन, वाल उद्यान, खानाको विभिन्न परिकार, वस्तुहरुको अलग अलग पेभेलियन ।
प्रदर्शनीबाट सहयोग पुग्ने
कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको सूचना प्रवाह, नया“ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, पर्यटन प्रबद्र्धनमा सहयोग, उत्पादक र उपभोक्ता बीचको सम्वन्ध बिस्तार, उपभोक्ताहरु बीच सचेतना, कृषि क्ष्ँेत्रको व्यवसायिकरणमा सहयोग ।
प्रदर्शकका लागि अवसरहरु
आप्mना उत्पादन बारे उपभोक्ताहरु बीच जानकारी, उत्पादनको व्यवसायिकरण तथा प्रचार प्रसार, आप्mना उत्पादनहरुको वजार प्रबद्र्धनमा सहयोग, लक्षित ग्राहक पहिचानमा सहयोग, उपभोक्ता बीच सम्बन्ध सुधार, नया“ प्रविधि तथा सेवाहरु बारे जानकारी गराउने अवसर, स्वस्थ्य प्रतिष्पर्धा ।
स्टल दर (प्रति स्टल)
प्रति स्टल रु. २५ हजार
कृषि, घरेलु, कुटिर र जडिवुटि रु. ११ हजार
अटोमोवाईल्स रु. ३७ हजार
प्रवेश शुल्क ः रु. ५०
विधार्थीका लागि रु.३० (परिचय पत्र अनिवार्य)
नेपालका अतिरिक्त भारत, चीन, बंगलादेश, पाकिस्तानका समेत औद्योगिक उत्पादन तथा सेवा गरि २२० भन्दा बढी स्टल रहनुका साथै प्रदर्शनीमा मोरंग, सुनसरी, सप्तरी, झापा, सिरहा, उदयपुर, पूर्वाञ्चलबाट किसान तथा उद्योगी÷व्यवसायिहरुको सहभागिताका साथै छिमेकी मुलुक भारतको बिहार, पश्चिम वंगालका समेत गरी करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिईएको छ ।
सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप आयोजना गर्न लागिएको यस प्रदर्शनीले यस क्ष्ँेत्रका आर्थिक, सामाजिक, पर्यटन, सांस्कृतिक लगायतका क्षेत्रको प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । अतः विराटनगर र यस क्षेत्र कै गरिमाको रुपमा रहेको प्रदर्शनी सफल पार्न तपाईहरु सबैको सहयोगको अपेक्षा आज जारी प्रेे बिज्ञाप्ती जनाइएको छ।
Post a Comment