झापा, पुस २४ गते।
झापा जिल्लाको दमकबाट शनिबार लागू पदार्थ जन्य ईन्जेक्सन र ब्राउनसुगरसहित एक युवक तथा एक युवती पक्राउ परेका छन।
पक्राउ पर्नेममा झापा दमक नगरपालिका नगरपालिका १ बस्ने २३ वर्षिय रविन लिम्बु भनिने रोशन साउनदेन तथा ईलाम मंगलबारे ७ घर भई दमक नगरपालिका १४ बस्ने २८ वर्षिया उशा मुखिया रहेका छन।
दुबैलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले गोप्य सुचनाका आधारमा पक्राउ गरेको हो। लिम्बु शनिबार साँझ दमक १० स्थित मारवाडी सेवा सदनको भवन अगाडीबाट पक्राउ परेका हुन्। उनको साथबाट लागूपदार्थ जन्य ईन्जेक्सन डाइजेपाम ३४ एम्पुल, लुपिजेसिक २८ एम्पुल र फेनारगन ३३ एम्पुल बरामद भएको छ।
त्यसैगरी मुखिया भारतीय बजार पानीट्याङकीबाट आउदै गर्दा दमक १० स्थित नविल बैङ अगाडीबाट पक्राउ परेकी हुन्। उनको साथबाट एकरएक ग्रामको पाँच पोका ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
दुबै जनालाई इलाका प्रहरी कार्यलाय दमकको हिरासतमा राखि अनुसन्धान भईरहेको छ।
Post a Comment