Websoft University

तातोपानी क्षेत्रका स्थानीय बासिहरू यसबेला खुसिले रमाएकाछन ।



काठमाडौं, पुस २५ गते । रातो तारा डट कम -
चिनियाँ सरकारले बनाइदिएको चिल्लो र फराकिलो सडकको पछिल्लो अवस्था हेर्दा तातोपानी क्षेत्रमा भूकम्प र भोटेकोसी बाढीले गरेको क्षति अहिले हेर्दा  सबैलाई भुलाइदिन्छ ।


सडक संरचनाले लिपिङ बजारको स्वरूप नै यसबेला बदलिएको छ । ०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पका कारण बिग्रिएको सडक चीनले बनाइदिए पछि तातोपानी नाका विस्तारै अब तंग्रिएको छ । 

यो नाका सञ्चालनको तयारीले यतिबेला तातोपानी सबै
जनता मुहार- अनुहारमा निकै खुसिले चमक आएको छ ।
चीनले दुई वर्षसम्म बन्द रहेको नाका सञ्चालन गर्न लागेको संकेतसँगै तयारी थालेपछि यतिबेला तातोपानी क्षेत्रमा चहलपहल सुरु भएको छ ।

छ भने अब नाका सञ्चालनको तयारीले सुनसान सीमा क्षेत्रमा चहलपहल सुरु भएको हो । अहिले विस्तारै यस सीमा नाका क्षेत्रमा स्थानीय बासिको आफै चहलपहल बढेको छ,र सीमाक्षेत्रका स्थानीयबासिहरू यसबेला खुसिले रमाएका छन ।

भूकम्प र पछिल्लो भोटेकोसी बाढीबाट क्षतिग्रस्त बनेको नेपाल तर्फको सडक मर्मत सम्पन्न भइसकेको छ । चिनियाँले सिन्धुपाल्चोकको जुरे पहिरो खण्ड र बाह्रबिसेदेखि मितेरी पुलसम्मको सडक पहिलेको भन्दा पनि निकै राम्रो बनाइदिएको छ । चिनियाँ प्रविधिबाट मितेरी पुलसम्मकै सडक निर्माण गरिदिएपछि सवारीसाधन तातोपानी भन्सार कार्यालयपरिसरसम्म नै पुग्न थालेका छन् ।

बिग्रिएको सडक सुधार एवं निर्माण भएपछि अहिले लिपिङ बजारसम्म यात्रुवाहक बस पुग्न थालेको छ । भूकम्प र त्यसपछिको भोटेकोसी बाढीबाट बचेका घरहरूमा नाका खुल्ने आशासहित स्थानीय बासिहरू अहिले चीनलाई धन्यवाद भन्दै अहिले धमाधम आ–आफ्ना घर फर्किदै छन् ।

अवरुद्ध नाका सञ्चालनका लागि चिनियाँ सरकारको यस संकेतपछि फर्किएका उनीहरू सकेसम्म छिटो बन्द नाका सञ्चालनको पर्खाइमा छन् । यतातर्फको बाटो पहिले भन्दा राम्रो भएको छ, लिपिङपारिको चिनियाँ क्षेत्रमा बाढीले बगाएको सडक भने अझै जोडिन सकेको छैन । चिनियाँ पक्षले अहिले धमाधम नेपालतर्फ सडक मर्मत सम्पन्न गरिसकेपछि उताको सडक मर्मत सुरु गरिसकेको छ ।

तातोपानी–खासा सीमा नाका क्षेत्रमा चिनियाँ सरकारले अहिले त्यहाँको भग्नावशेष पन्छाउने र सडक मर्मतको काम तीव्र गतिमा अघि बढाएका छन् । आइतबार लिपिङ बजारमा पुग्दा चिनियाँले लिपिङपारिको बाढीले बगाएको सडक धमाधम मर्मत गरिरहेका थिए ।

भोटेकोसी नदी किनारबाटै उनीहरू पर्खाल उठाइरहेका थिए । ‘यता त सरर गाडी चल्ने सडक बनिसक्यो, उताको सडक बनाउँदै छन्,’ नाका खुल्ने संकेतपछि खुसी हुँदै तातोपानी कोदारीका स्थानीय शेरबहादुर मगरले भने, ‘नाका खुल्ने हल्ला चलेपछि अहिले यहाँ धमाधम स्थानीय व्यवसायी एवं अन्य मानिस फर्कंदै छन् ।’

गत सातादेखि तातोपानीमा चहलपहल बढेको उनले सुनाए। ‘नाका बन्द भए पनि यो ठाउँ कस्तो भएछ भनेर टाढादेखि मानिसहरू हेर्न आइरहेका छन्,’ उनले भने । भूकम्प र भोटेकोसी बाढीले बिगारेको सडक अब निर्माण भइसकेको छ, सरकारले छिटो नाका खोल्न अब पहल गर्नुपर्छ ।’ क्षतिग्रस्त सडक मर्मतपछि यथाशीघ्र नाका खोल्ने चिनियाँसंकेत गरे पनि कहिलेसम्म नाका सञ्चालनमा आउँछ भन्ने यकिन छैन ।

तर, नाका खुल्दै छ भन्ने सुन्न पाउँदा पनि खुसी लागेको तातोपानीका स्थानीय कामी शेर्पा बताउँछन् । ‘नाका खुल्छ भन्ने सुन्दा पनि मन खुलेर आउँछ,’ उनी भन्छन्, ‘चिनियाँ सडक मर्मतमा तीव्रता दिएको देख्दा अब छिट्टै खुल्छ भन्ने लागेको छ ।’

यसअघि लामो समयसम्म सुनसान तातोपानी धारामा पनि तीर्थालुहरूको आवागमन क्रमिक रूपमा बढिरहेको छ । तातोपानी स्नान गर्न आउनेहरू दैनिक बढिरहेको तातोपानी धारा व्यवस्थापन समितिले जानकारी दिएको 
छ ।

क्रमिक रूपमा तातोपानी धारामा तीर्थालुहरू आइरहेका छन्,’ स्थानीय पदम श्रेष्ठले भने, ‘नाका खुल्ने भन्ने खबरपछि पछिल्ला केही दिनयता चहलपहल बढिरहेको
 छ । सडक मर्मत सम्पन्न भएपछि सीमा क्षेत्रमा सवारी चाप पनि बढिरहेको उनले बताए ।

चिनियाँले पर्यटकका लागि मात्र नाका खोल्ने भन्ने हल्ला चलेपछि व्यापारिक हिसाबले नै नाका खोल्नुपर्ने स्थानीयले माग गरिरहेका छन् । चीनसँगको व्यापारमा सहज नाका तातोपानी मात्र भएकाले पर्यटकका लागि मात्र नभई व्यापारका लागि पनि खोल्नुपर्ने तातोपानीका स्थानीय नेत्रविक्रम पौडलले बताए । 

‘पर्यटक र व्यापार दुवैका लागि नाका खोल्नुपर्छ,’ पौडेलले भने, ‘व्यापार नै गर्न नपाएपछि नाका खोल्नुको के अर्थ रु’ चहलपहल बढिरहे पनि नाका क्षेत्रका सरकारी कार्यालय भने सुनसान नै छन् । 

तातोपानी भन्सार कार्यालय बन्द नै छ । अध्यागमन कार्यालयमा पनि महिनौ अघि ताल्चा भुन्ड्याएर हिँडेका कर्मचारी फर्किएका छैनन् । सशस्त्र प्रहरीले आलोपालो गरी भन्सार कार्यालयमा ड्युटी गरिरहेका छन् । ‘अहिले यस भन्सारमा कोही छैनन्,’ सशस्त्र प्रहरी हवल्दार टीका मगरले भने ।


भूकम्प र बाढीपछि मसानघाट झैं बनेका नाका क्षेत्रमा अहिले विगत केही दिनयता चहलपहल बढिरहेका उनले बताए । ‘पहिलो त यहाँ आएर ड्युटी गर्नै डर हुन्थ्यो, अहिले मानिसहरू आउन थालेका छन्,’ उनले भने । 

नाका बन्द रहेको अवस्थामा कार्यालय कुर्ने भन्दा अरू काम नभएपछि कर्मचारी नगएको भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए । ‘सुरक्षा ड्युटी प्रहरीले गरिरहेकै छ, भन्सारमा कर्मचारीको काम नै भएन,’ पोखरेलले भने, ‘अब यो नाका खोल्ने कुरा आइसकेको छ ।’

उनले अब कार्यालय पूर्ववत् अवस्थामा फर्कने जानकारी दिए । राजधानी दैनिक बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.