Websoft University

बेलबारी शाखाले विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकता दिएको छ



बिराटनगर, पुस २५ गते । रातो तारा डट कम -
नेपाल विद्युत प्राधिकरण बेलबारी शाखाले हाल विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकता दिएको छ । केहि समय यता प्राधीकरणले  गाउ गाउमा गएर चुहावट नियन्त्रण गर्न विद्युतिय सामाग्री समेत जफत गर्न थालेको छ ।

कार्यालयले १ सय ८६ जना ग्राहकले विद्युत चोरी गरेको बताएको छ । अवैरुपमा विद्युत चोरी गर्ने ९८ जना बाट ६ लाख १ हजार ५ सय ३५ रुपैया असुली गरेको नेपाल विद्युत प्राधिकरण बेलबारी शाखाका प्रमुख धर्मपति यादबले जानकारी दिनुभयो ।

चोरी गरी बत्ति बाल्ने गरेका घर बाट टिभि फ्रिज फ्यान पानी तान्ने मोटर तार लगायतका सामगी्र ल्याएका छौ कार्यालय प्रमुख यादबले भन्नुभयो, एक सय ७६ अबैध ग्रहाक बाट सामागी्र ल्याएका हौ ९८ जनाले कार्यालयमा आएर क्षति पुर्ती तिरेर आफनो सामान लगी सक्नु भएको छ ।

विद्युत प्राधिकरणले ४ वटा कामलाई पहिलो प्राथमिकता दिने बताएको छ । ग्राहकलाई मिटर दिने, बन्द मिटर परिबर्तन गर्ने बाकी बक्यौता  असुल गर्ने तथा बिधुत चुहावट रोक्ने काम पहिलो प्राथमिकता राखेर काम गर्न थालेको नेपाल विद्युत प्राधिकरणका ईन्जीनियर बेद राज पौडेलले बताउन भयो।

आर्थिक वर्ष ०७३–०७४ मा १ सय ८० वटा पुराना तथा बिगी्रएका मिटर परिबर्तन गरीएको कार्यालयले जनाएको छ । बक्यौता बाट समेत १० लाख भन्दा बढि संकलन गरीएको कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.