Websoft University

तोडियाे ग्यास ढुवानीमा भारतीय एकाधिकार, नेपाली बुलेट काठमाडौं भित्रिए



काठमाडौं, पुस २५ गते । रातो तारा डट कम -
 खाना पकाउने एलपी ग्यास ढुवानीका लागि पहिलो पटक नेपाली ग्यास बुुलेट भित्रिएका छन् । लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुईवटा बुलेट आइतबार बेलुका नेपाल भित्रिएका हुन् ।

नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएपछि निजी उद्योगीले आफ्नै लगानीमा बुलेट ल्याएका
हुन् । भारतमा केही बुलेट निर्माणको क्रममा रहेको र केही बनाईसकेकाले अब क्रमशः नेपाल ल्याइने आपूर्ति मन्त्रालयका सहसचिव सूर्य श्रेष्ठले बताउनुभयो ।

नेपाली बुलेटले ग्यास ढुवानी गर्न थालेपछि ग्यास ढुवानीमा भारतीय उद्योगीको एकाधिकार अन्त्य हुनेछ । यसअघि मासिक सरदर ४ सय ५० वटा भारतीय बुलेट मार्फत ग्यास आयात हुदै आएको थियो ।

एक बुलेटले एक पटकमा १८ सय टन ग्यास ढुवानी गर्न
सक्छ । एउटा बुलेटले महिनामा तीन पटक सम्म ग्यास ढुवानी गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.