सिरहा, पुस २३ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाको विशेष टोलीले ठूलो परिमाणमा अवैध काठसहित दुईजना लाईपक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिरहाको बडहरामाल–१ रतनपुरस्थित झाडीमा परालले छोपेर लुकाएर राखेको अवस्थामा काठ बरामद गरिएको हो ।
काठसँगै प्रहरीले स्थानीयबासी भोला धामी र सिरहाको गौतारी–२ का शिवशंकर पासवानलाई पक्राउ गरेको छ । उनीहरु काठ चिरान गर्ने मजदुर हुनसक्ने प्रहरीले जनाएको
छ । प्रहरीले राति छापा मार्दा २० लाख रुपैयाँ भन्दा बढी मूल्यको काठ बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुरसिद्धी बज्राचार्यले रातोतारालाई जानकारी दिनुभयो ।
ठूलो परिमाणमा काठ भएकाले प्रहरीले राति देखिनै पहरा दिएर बसेको थियो । काठ प्रहरीको सहयोगमा वन कार्यालय ल्याइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment