Websoft University

साढे पाँच किलो चाँढीकाा गहनासहित एक पक्राउ



पर्सा, पुस २३ गते । साढे पाँच किलोभन्दा बढी चाँदीका गहनासहित पक्राउ परेका एकजनालाई प्रहरीले शनिबार वीरगन्जमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पाँच किलो ६१५ ग्राम चाँदीका गहनासहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका–३ छपकैयाका प्रदीप साह सोनारलाई सार्वजनिक गरेको हो ।

भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले उक्त परिमाणको चाँदीका गहनासहित सोनारलाई वीरगन्जस्थित रजतजयन्ती चोकबाट शुक्रबार राति पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए ।

प्राप्त सूचनाका आधारमा सोनार सवार रहेका ना३३प ३३६२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसको सिटमुनि लुकाइ राखिएको अवस्थामा चाँदीको एक सय ५३ थान सिन्दुर राख्ने डब्बा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक साहले बताए ।

प्रहरी उपरीक्षक साहले बरामद गरिएको चाँदीका गहना, मोटरसाइकल र पक्राउ परेका सोनारलाई आवश्यक कानुनी कारबाहीका लागि शनिबारै बाराको पथलैयास्थिति राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विगत एक महिनामा प्रहरीले पर्साको विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका रु दुई करोड ३० लाख २७ हजार मूल्य बराबरका विभिन्न समान बरामद गरेको छ ।

बरामद गरिएको सामग्रीमा कपडा, खाद्यान, सौन्र्दय प्रशोधन, मोटरपार्टस् तथा वनबाट फँडानी गरिएको काठसहितका रहेका छन् ।

ती सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायको जम्मा लागएको उपरीक्षक साहले जानकारी दिएका छन् । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.