Websoft University

उद्योग र कृषि क्षेत्रको प्रवद्र्धनका लागि कोशीहरैंचा एक्स्पो २०७३ लाग्ने


बेलबारी, पुस २७ गते । रातो तारा डट कम -
कृषि र औधोगिक उत्पादनहरुको विक्री प्रवद्र्धनका लागि मोरङको कोशीहरैंचामा काशीहरैंचा एक्स्पो २०७३ कृषि तथा औधोगिक प्रदर्शनी लाग्ने भएको छ ।

उद्योग वाणिज्य संघ कोशीहरैंचाले आईतवार पत्रकार सम्मेलनको आयोजना गरि आगामी एक्स्पो फागुन २१ गते देखि २७ गते सम्म लाग्ने जनाएको छ । संघले युवा उद्यमी तथा जेसिजका पूर्व राष्ट्र अध्यक्ष भोलेश्वर दुलालको संयोजकत्वमा मुल समारोह समिति गठन गरि प्रर्दशनी कार्यक्रमको आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै संयोजक दुलालले उद्योगधन्दाको विकास र प्रवद्र्धन विना देश समृद्ध हुन नसक्ने भएका कारण उद्योग र कृषि प्रवद्र्धन गर्न एक्स्पोको आयोजना गरिएको उनले बताएका छन् ।

प्रर्दशनीबाट यस क्षेत्रको पर्यटकीय क्षेत्रहरुलाई राष्ट्रिय स्तरमा पहिचान गराउन सकिने अपेक्षा रहेको दुलालले बताएका
छन् । मोफोसलमा पनि राम्रो आर्थिक कारोबार सहितको एक्स्पोहरु गर्न सकिन्न भन्ने मान्यता स्थापित गराउन कोशीहरैंचा एक्स्पोको आयोजना गरिएको बताए । त्यसैगरी उद्योग वाणिज्य संघ कोशीहरैंचाका अध्यक्ष नवराज चापागाईंले एक्स्पोबाट कृषि तथा उद्योगको विकासमा टेवा पुग्ने अपेक्षा रहेको बताएका छन् ।

एक्स्पोमा १ सय २ वटा स्टलहरु राखिने बताईउको छ । त्यस मध्य २० वटा होटल, २१ वटा अटोमोवाईल, १० वटा कृषिको स्टलहरु राखिने भएको छ । एक्स्पोमा दश करोड बराबरको आर्थिक कारोबार र एक लाख पचास जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पो संचालनका लागि अनुमानित ६८ लाख खर्च लाग्ने र एक करोड पैतालिस लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।

आम्दानी रकमले विराटचौकमा व्यवस्थित सौचालयको निर्माण साथै वाणिज्य संघको स्तर उन्नतीको लागि खर्च गरिने बताएका छन् । एक्स्पो संचालनका लागि १ सय पचास जनाको मुल समारोह समिति र ११ वटा उप समिति बनाएका छन् । शान्ति सुरक्षाको लागि सीसी क्यामराको जडान र एक हप्ताको लागि विमाको समेत व्यवस्था गरिएको छ ।

व्यापारिक केन्द्रको रुपमा विकसित कोशीहरैंचामा यस अघि विराट महोत्सव सफलता पूर्वक यस अघि सम्पन्न भईसकेको छ ।
ब्लाष्ट दैनिक बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.