बेलबारी, पुस २६ गते । रातो तारा डट कम -
मोरङको डाँगीहाट गाविसको निर्माणाधिन गाविस भवनको
भ¥याङको स्ल्याप खस्दा आईतवार एक मजदुर घाँइते भएका छन् । उता गाविस सचिव ईन्द्रमणी कट्टेलले भने गैर जिम्मेवारी जवाफ दिएका छन् । गाविस सचिव इन्द्रमणी कट्टेलले प्रश्न गरे भ¥याङको स्ल्याप झरेर के भो ?
मापडण्ड अनुसार ढलाई नभएको भ¥याङ खस्दा मोरङ बाहुनी २ निवासी कितु खवास घाईते भएका हुन् । भ¥याङमा ईटा जोड्ने क्रममा भ¥याङ खसेर खवास घाईते भएका हुन् । खवासको दाईने खुट्टाको जोड्नी खुस्किएको उनका दाजु टिकाराम खवासले बताए । डेड महिना सम्म डाक्टरले आराम गर्नु भनेको छ गरिब मान्छे के गरेर खाने हो उनका दाजुले दुखेशो पोखे ।
माप दण्ड अनुशार ढलाई नभएको कारण भ¥याङ भाँचिएको क्युपेक मोरङ अध्यक्ष गणेश लामाले बताए । रड पनि सानो भएको र रडको जोर्ती फरक–फरक गरी जोड्नु पर्नेमा एकै ठाउँ जोडिएकाले भाँचिएको लामाको भनाई छ ।
प्राविधिकहरुले कसरी पास गरे स्थानीय वासिन्दाहरुको प्रश्न
छ । निर्माण समिति , अनुगमन समितिले के हेरे स्थानीय वासिन्दाहरुको प्रश्न छ ।
उता गाविस सचिव इन्द्रमणी कटेलले भने भ¥याङ भाँचेर के भो ? यो त सामान्य घटना हो यसलाई सामान्य रुपमा लिन आग्रह गरे । देशमा कत्रा कत्रा घटना भएका छन् त्यो देख्दैनन् पर्खाल लडेको समचार पनि हुन्छ र ? उनको यस्तै भनाई थियो। उक्त भ¥याङ र ढलानका लागि ९ लाख ४० हजार रकम विनियोजन गरिएको र निर्माण कार्य सम्पन्न भई फरफराक पनि भई सकेको सचिव कट्टेलले बताए ।
Post a Comment