काठमाडौं,पुस २४, गते । २०७३- र्नाकुमारी परम्परालाई जगे गर्न उपत्यकाका नेवार समुदायका महिलाहरू जुटेका छन् । उनीहरूले आफ्नै खर्चमा शनिबार उपत्यकाका विभिन्न स्थानका ८ कुमारीको ‘भ्वय्ब्व’ राखी पूजा गरेका छन् । कुमारीका अगाडि एक मुरी चिउरामाथि माछा, अदुवा, भट्टमासजस्ता परिकारलाई नेपाल भाषामा ‘भ्वय्ब्व’ भनिन्छ ।
काठमाडौंको हयुमत मिसा पुच: (महिला समूह) को आयोजनामा गरिएको पूजामा वसन्तपुर, मखन, किलागल, टोखा, साँखु, बुंगमती, ह:खा र आजीवन गरी ८ कुमारीको पूजा गरिएको थियो । पूजामा काठमाडौं किलागलका मिसा पुच: (महिला समूह), मुकु बहाल, कोहिटी, त्यागलगायत टोलका महिला समूह सहभागी थिए ।
ज्यापु महागुठीमा आबद्ध ३६ टोलका महिला प्रतिनिधि पनि सहभागी थिए । हयुमत मिसा पुच:का अध्यक्ष ज्ञानशोभा महर्जनले सबै कुमारीलाई एकै स्थानमा भेला गराएर समस्याबारे छलफल गर्ने योजना रहेको बताइन् । ‘२०७० मा आयोजित पूजाकै कारणले पनौतीमा लोप भइसकेको कुमारी परम्परा ८० वर्षपछि पुन: निरन्तरता भएको छ,’ उनले भनिन् ।

साँखुका प्रदीप वज्राचार्यले राज्य पक्षबाट मल्लकालमा पूजाको व्यवस्था राज्यबाटै हुने गरे पनि अहिले नभएको बताए । ‘दसैंमा गुठी संस्थानको सहयोगमा पूजा हुँदै आएको छ,’ उनले भने, ‘अरूबेला कुमारीलाई गरिने दैनिक, मासिक पूजा तथा प्रसादग्रहणमा गर्न लाग्ने खर्च आफैंले व्यहोर्दै आएका छौं ।’
कान्तिपुर बाट
कान्तिपुर बाट
Post a Comment