Websoft University

जिप दुर्घटनाका घाइतेको उपचार सरकारले गर्ने



काठमाडौं , पुस २४ गते ।
शुक्रबार सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–३ गहुँबारीमा बलेरो जिप दुर्घटना हुँदा घाइते भएकाहरुको खर्चको अभावमा उपचार हुन नसकेर सम्बन्धित अस्पतालहरुले घाइतेलाई उपचार नगर्ने भएपछि ती घाइतेको खर्चको सम्पूर्ण जिम्मा राज्यले व्यवस्थापन गर्ने भएको छ ।

उपचारका लागि भर्ना गरिएका सम्बन्धित अस्पतालहरुले पहिला नै रकम जम्मा गर्नुपर्ने र जम्मा रकम बिना उपचार नगर्ने बताएपछि बिरामीका आफन्तले पनि आर्थिक स्रोत जुटाउन नसक्ने परिस्थिति नहुँदा घाइतेको शनिबारसम्म पनि उपचार हुन नसकेको बिरामीका आफन्तले बताएका थिए ।

उपचारको पहल गरिदिनका लागि इप्रका, कटारीले उदयपुरका सांसद भेषकुमारी राउत ९कोपिला०को ध्यानाकर्षण गराएपछि सांसद राउतको पहलमा गृहमन्त्रालयसँग छलफल गरेर सो उपचारको खर्च गृहमन्त्रालयले व्यहोर्ने सर्तमा अहिले बिरामीको उपचार हुन थालेको सांसद राउतले बताउनुभयो ।
अधिकांश घाइतेको मस्तिष्क र टाउकोको उपचार गर्नु पर्ने हुँदा प्रतिबिरामीको उपचारका लागि तत्काल रु पाँच लाखभन्दा बढी उपचार लाग्ने बताइएको थियो ।

हर्देनीको जिप दुर्घटनामा सख्त घाइते भएकामध्ये हर्देनीकै ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, ४० वर्षीय निरबहादुर कार्की, ४६ वर्षीय रेशम कार्की, १७ वर्षीया एलिना श्रेष्ठ र १४ वर्षीय विमल बस्नेत गम्भीर घाइते भएका थिए ।
सख्त घाइतेमध्ये निरबहादुर कार्कीलाई विराटनगरको नोबेल अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पताल तथा अन्यलाई विराटनगरको न्युरो अस्पताल पठाइएको इप्रका, कटारीले बताएको छ ।

यता जिप दुर्घटनामा गाडी मालिक ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का निरबहादुर कार्कीको आज बिहान काठमाडौँमा मृत्यु भएको कुरा इप्रका कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

गाडी मालिकको नै जिप दुर्घटनामा मृत्यु भएपछि गाडीको बिमाको कागजसमेत बेपत्ता भएको र मृतकलाई दिइने क्षतिपूर्ति व्यवस्थापन गर्नसमेत समस्या आएको इप्रका, कटारीले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.