गौशाला पुस २७ गते ।
महोत्तरीमा मोटरसाईकल दुर्घटना हुँदा एक सशस्त्र प्रहरी हबल्दारको ज्यान गएको छ ।
जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंहको ज्यान गएको हो ।
गएराति मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हबल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएका हबल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको थियो ।
Post a Comment