विराटनगर,२७ पुस । रातो तारा डट कम -
अख्तियार दुरपयोग अनुसन्धान आयोग, इटहरीले भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक विराटनगरमा आज एक दिने अन्तरकृयाको आयोजना ग¥यो ।
सो अन्तरकृयामा नागरिक समाज,पव्लिक फोरम,टोलका प्रतिनिधिहरुले विराटनगर कतिपय ठाउँका सडक तथा ढल निर्माणमा गुणस्तरहीन ईटा प्रयोग भइरहेको, सडक विस्तारका लागि सडक भत्काएको तर,निर्माण कार्यमा ढिलाइ गरेकाले महिनौंदेखि धुलो र धुवाँका कारण वातावरण प्रदुषित बनेको र कतिपय कार्यालयहरुमा अनियमितता भइरहेको जानकारी गराइएका थिए ।
मदिराको कारणले पनि भ्रष्टाचारमा बृद्धि भइरहेको र जिविसद्वारा निर्माण गरिएका कतिपय कल्भर्टहरुमा अनियमितता भएको, सवारी अनुमतिपत्र लिनका लागि
घुस लिने गरेको लगायतका विषयमा वक्ताहरुले आ–आफ्ना धारणाहरु प्रकट गरेका थिए ।
सो अवसरमा अख्तियार दुरपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अख्तियारमा उजुरी परेपछि प्रारम्भिक रुपमा छानविन गरी हिनामिना देखिएको अवस्थामा मुुद्धा दर्ता गरी प्रक्रिया अगाडि बढाउने गरिएको बताउनुभयो ।
उहाँले नागरिक समाजबाट उठेका जायज विषयलाई उजुरीको रुपमा लिएर छानविनको प्रक्रिया अगाडि बढाउने उल्लेख गर्दै भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि अख्तियारले ठोस रुपमा कार्य गरिएको जानकारी गराउनुभयो ।
प्रजिअ यज्ञराज कोइरालाले कर्मचारीहरुलाई जनताको हित,निर्णय प्रक्रिया पारदर्शी र आपूmले गरेका कामप्रति उत्तरदायित्व हुनुपर्ने उल्लेख गर्दै सुशासनका लागि ‘बहुजन हिताय,बहुजन सुखाय’को नीतिका साथ कार्य गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
अख्तियार दुरपयोग अनुसन्धान आयोगका अधिकृत निलकण्ठ विश्वकर्माले भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिकांसकार्यालयहरुमा अनियमितता भइरहेको जानकारी गराउँदै अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि अग्रसर रहेको उल्लेख गर्नुभयो ।
Post a Comment