Websoft University

बार्षिक उत्सव सम्पन्न



बिराटनगर, पुस २७ गते । रातो तारा डट कम,
संन्चारकर्मी सन्चार सहकारी संस्था लिमिटेडको पाँचौ साधारण सभा बिराटनगरमा आज सम्पन्न भएको छ ।

कार्याक्रममा उपस्थित सम्पुर्ण मानुभावहरुलाई संस्थाका उपाध्याक्ष दिपक दाहाले स्वागत गर्नु भएको थियो ।
सहकारीका अध्याक्ष मोहन भण्डारीले संस्थाको परिचय र गतिबिधिका बारेमा उपस्थित सबैलाइ आफनो प्रतिबेदन मार्फत जानकारी गराउनु भएको थियो।

सहकारीका कोषाध्याक्ष बिजयहरी खतिवडाले कार्याक्रममा आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो । लेखा समितिका संयोजक नरेन्द्र दाहालले संस्थाको बैठक नियामित बसेको
र लगानी निक्षेप आज सम्म सन्तोष जनक भएको पाइएको भए पनि लगानी गर्दा समितिको सिफारिसमा लगानी भएको नपाएकोले आगामी दिनमा लगानी गर्नु अगि सिफा
रिसको व्यावस्था अनिवार्य गर्न सुजाव दिनु भयो ।

त्यसैगरी संस्थाका असल ऋणी तेजेन्द्र दाहाल र असल बचत कर्ता ललिता भटराईलाई पनि कर्याक्रममा सम्मान गरिएको थियो । नेपाल पत्रकार संघका पुर्व अध्याक्ष सिवबहादुर कार्कीले पनि सुभकामना दिनु भएको थियो ।

कार्याक्रमका प्रमुख अतिथि महेन्द्र मोरंग क्याम्पसका क्याम्पस प्रमुख महेन्द्र नारायण यादवले शुभ कामना दिदै भन्नु भयो सहकारी भनेकै सहयोग सकलन हो यसो गर्दा सबैलाइ काम चलाउन सहज हुने धारण राख्दै वहाले-महेन्द्र मोरङ क्याम्पसलाई कलम चलाएर सहयोग गरिदिन पत्रकारहरुलाइ आग्रह समेत गर्नु भयो ।

अहिले भारत सरकारको सहयोगमा महेन्द्र मोरग क्याम्पसको पस्चिम कम्पाउण्ड भित्र आधुनिक बिज्ञान भवन बन्नलागेको कुरा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रमको उदघोषण माया प्रसाद खतिवडाले गर्नुु भएको थियो भने, कार्यक्रमको समापन अध्यक्ष मोहन भण्डारीले गर्नुु भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.