Websoft University

विकास तिवारीले तोडे अनसन




सप्तरी, २५ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माँग राखी विगत अठार दिनदेखि आमरण अनशनमा बस्नुभएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आज अनशन तोड्नुभएको छ ।

अध्यक्ष तिवारी र स्वास्थ्यमन्त्री गगन थापाबीच चार बुँदे सहमति भएपछि उहाँले अनशन तोड्नुभएको हो ।

मन्त्री थापाले सगरमाथा अञ्चल अस्पताल हाताभित्र अनशनमा बस्नुभएका अध्यक्ष तिवारीलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

मन्त्री थापा र अध्यक्ष तिवारीबीच छलफल भई दुबै पक्षबाट चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको र त्यो सहमति भएका विषय पूरा गर्ने प्रतिवद्धता जनाएपछि अध्यक्ष तिवारीले अनशन तोड्नुभएको सो पार्टीले जनाएको छ ।

एक महिनाभित्र अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने र उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायतका विषयमा दुबै पक्षबीच सहमति भएको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.