काठमाडौं, २५ मंसिर ।
संविधान संशोधन प्रस्तावबारे निर्णय लिन संयुक्त लोकतान्त्रिक मधेसी मोचाको बैठक आज बस्दैछ । यसअघि मोर्चाले संसोधन प्रस्ताव अस्वीकार गरेकोमा आज स्वीकार गर्ने आधारसहित आफ्नो धारणा ल्याउने तयारी गरेको छ ।
मोर्चाले आज दिउँसो २ बजे आफ्नो बैठक बोलाएको छ । मोर्चा भित्रै संशोधन प्रस्तावलाई लिएर फरक फरक धारणा सार्वजनिक भएपछि मोर्चाले समान धारणा बनाउन बैठक बोलाएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो ।
संशोधन प्रस्तावले मधेसका समस्या समाधान नगर्ने भएकाले अब मोर्चा कसरी अगाडी बढ्ने भन्नेमा छल,िल हुने उहाँको भनाई छ । मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल र तमलोपा बाहेकका दल संशोधन प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा छन् ।
उनीहरुले प्रस्तावलाई आलोचनात्मक समर्थन गर्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीमा कायम रहेसम्म संशोधन प्रस्ताव फिर्ता नलिने बताउनु भएको छ । प्रमुख प्रतिपक्ष सहितका विपक्षी दलले भने सरकारले प्रस्ताव फिर्ता नलिएसम्म संसद अबरोध कायम राख्ने अडानमा छन् ।
Post a Comment