Websoft University

मानवअधिकार दिवस मनाईंदै, मानव अधिकारको संरक्षणमा राष्ट्रपतिको जोड



काठमाडौं, २५ मंसिर ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको डिसेम्बर १० तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा सबैका लागि घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने तय गरिएको छ ।

 दिवसको अवसरमा आज बिहान राजधानीको भृकुटीमण्डपबाट शान्तिबाटिकासम्म र्याली हुँदैछ । दिउँसो मानवअधिकार आयोगको परिसर हरिहर भवनमा विशेष कार्यक्रम हुँदैछ । यो कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति रहने उहाँको सचिवालयले जनाएको छ ।

दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको
छ ।

संविधान कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको उहाँले बताउनु भएको छ । शुभकामना सन्देशमा विभिन्न आयोगलाई नयाँ संविधानले संवैधानिक बनाउनुले मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको भनिएको छ ।

दिवसको अवसरमा राष्ट्रसंघका महासचिव वान कि मुनले आजैदेखि हरेक मानिस कोही अरुको अधिकारका लागि उठ्नु पर्ने बताउनुभएको छ । शान्ति, दीगो विकास र मानवअधिकार एक अर्कामा अन्तरसम्बन्धित रहेको र एकको उद्देश्य पूर्तिका लागि अर्काे अपिर्हाय रहेको भन्दै महासचिव वानले मानवअधिकारको रक्षा भएमा मात्रै दीगो विकासको लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।

मानवअधिकारले व्यवस्थित समाजको आधार तयार गर्ने भएकाले यसको रक्षाका लागि प्रतिवद्ध भएर लाग्न उहाँले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ । यसैबीच दिवसको अवसरमा हिजोदेखि शुरु भएको मानवअधिकार महाभेला पनि राजधानीमा चलिरहेको छ । महाभेला भोलि घोषणापत्र जारी गर्दै समापन हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.