Websoft University

निजी विद्यालयमैत्री निति बनाउन प्याब्सनको माग




बिराटनगर, मङ्सिर  २५ गते ।
 निजी विद्यालयका सञ्चालकहरुले विद्यालयमैत्री निति निमार्ण गर्न सरकारसँग आग्रह गरेका छन् ।प्याब्सन मोरङको आज शनिबार विराटनगरमा भएको १३ प्याब्सन मोरङको १३ औं जिल्ला अधिवेशने उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले राज्यले निजी विद्यालयलाई अंकुस लगाउन खालको निर्दे्शिका ल्याएको हुनाले त्यस्तै निर्दे्शिका तत्काल परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । २ खर्ब बढी लगानी गरेको निजी विद्यालय लगानी जोखिममा परेको भन्दै अध्यक्ष केसीले सरकारले ल्याएको निर्दे्शिकाले परिमार्जन गरी विद्यालयमैत्रि निती निमार्ण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आर.बी. कटुवालले राज्यले विद्यालयलाई संरक्षण गर्नुको सट्टा विभेदकारी निती ल्याएर निजी स्कुल बन्द गर्ने तिर लागि परेको आरोप लगाउनुभएको छ  । प्याब्सन पूर्वाञ्चलका सल्लाकार टिकाराम पुरीले राज्यले निजी विद्यालयहरुको संरक्षण गर्न अब विद्यालयमैत्री निती निमार्ण गर्न जरुरी रहेको बताउनुभयो ।

प्याब्सनका केन्द्रीय सदस्य सन्तोषमणि न्यौपाने, एन प्याब्सन मोरङका अध्यक्ष राजन छाराहाङ्ग, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष महेन्द्र विष्ट, अभिभावक संघ पूर्वाञ्चलका संयोजक देबी पन्थीलगायले शुभकामना मन्तब्य राख्नुभएको थियो  । सोही अवसरमा पत्रकार विनोद भण्डारी सहित दुई जनलाई सम्मानित गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेखिय योगदान पु¥याउने टिकाराम पुरी र साहित्यकार सरिता गौतमललाई सम्मान गरिएको थियो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय अध्यक्ष केसीले सम्मान गनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.