Websoft University

चुरेभावरले आन्दोलनको आँधीबेहेरी ल्याउने



इनरुवा मङ्सिर २७ गते ।
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान सँसोधन विधेयक  फिर्ता नलिए आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिएका छन् । न्यौपानेले भनेका छन् ,नेपाली जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संसोधन विद्येयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने छौ ।

सोमबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा उनले मिलेर बसेका नेपालीहरुलाई मधेस र पहाडका नाममा टुक्र्याउने र मुलुकको सामाजिक सद्भावलाई क्षतविक्षत बनाउने योजनासहित ल्याएको संसोधन विद्येयक फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरिरहेको भन्दै जनताको भावनालाई बेवास्ता गरिरहे आन्दोलनमा जानुको विकल्प नहुने स्पष्ट पारे । अध्यक्ष न्यौपानेले भने,‘ चुरेभावर आन्दोलनबाटै जन्मिएको शक्ति हो, हामीले आन्दोलन गर्न जानेका छौ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.